कीवर्डहरू -

अब कपन र जोरपाटीमा पनि डिशहोम फाइबर नेटको सेवा

अब कपन र जोरपाटीमा पनि डिशहोम फाइबर नेटको सेवा

डिसहोम फाइबर नेटको सेवा कपन र जोरपाटीमा पनि उपलब्ध भएको छ । डिशहोमले यअघि फाइबर मार्फत ललितपुरको भैसेपाटी, काठमाडौंको बानेश्वर, तिनकुनेमा इन्टरनेट सेवा उपलब्ध गराइसकेको छ ।

गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेपछि पहिलो चरणमा गत फागुनबाट डिशहोमले भैसेपाटीमा इन्टरनेट सेवा दिन सुरु गरेको थियो ।

गाउँ गाउँमा फाइबर मार्फत इन्टरनेट सेवा दिन असहज हुने भएकाले कम्पनीले स्याटेलाइट मार्फत पनि इन्टरनेट सेवा प्रदान गर्ने योजना रहेको जनाएको छ । तर यसको लागि भने केही समय लाग्नेछ ।