कीवर्डहरू -

किताब यात्राको ‘वाउ दशैं अफर’ सार्वजनिक, किताब खरिदमा आकर्षक पुरस्कार जित्ने मौका

किताब यात्राको ‘वाउ दशैं अफर’ सार्वजनिक, किताब खरिदमा आकर्षक पुरस्कार जित्ने मौका

यस पटकको दशैं बहार, ज्ञानसंगै अनेक उपहार’ भन्ने नाराका साथ किताब यात्रा प्रालिद्वारा सञ्चालित किताब यात्रा डटकमले किताब यात्रा वाउ दशैं अफर’ सार्वजनिक गरेको छ ।

नेपालमै पहिलोपटक किताबको खरिदमा पाठकलाई लाइव्रेरी र उपहार पाइने यस्तो स्किम सार्वजनिक भएको हो । यो स्किम अन्तर्गत किताब यात्राबाट किताब खरिद गर्दा विभिन्न आकर्षक पुरस्कारहरु जित्न सकिनेछ ।

किताब यात्राबाट किताब खरिद गर्ने ग्राहकहरुमध्ये लक्की ड्रमार्फत विभिन्न उपहारहरु प्रदान गरिनेछ । जसअन्तर्गत १ जनाले किताब यात्राका तर्फबाट ५० हजार रुपैयाँ बराबरको किताबसहितको पुस्तकालय उपहारस्वरूप पाउनेछन् भने सिजीका तर्फबाट ३२ इन्चको सेन्सेइ टिभी २ जनाले प्राप्त गर्न सक्नेछन् । यस्तै २ जनाले एमआइको साउमी रेड नाइन र नोकियाको स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् ।

यस्तै लक्की ड्रमार्फत पोखराको अल्फान्जो रिसोर्टका तर्फबाट २ दिनको होलिडे प्याकेजसमेत २ जना विजेतालाई प्रदान गरिने किताब यात्रा प्रालिका प्रमुख कार्यकारी अधिकृत विकेश भट्टराईले जानकारी दिएका छन् ।

यस्तै ५० जनालाई किताबयात्राका तर्फबाट गोल्ड प्लेटेड बुकमार्क प्रदान गरिनेछ भने प्रत्येक किताबको खरिदमा लिभिङ विथ आइसीटी म्यागजिनको इकपिसमेत निःशुल्क प्रदान गरिनेछ । किताब यात्राको यो स्किममा सहभागीहरुले अन्य धेरै गिफ्ट भौचरसमेत प्राप्त गर्न सक्नेछन् ।

किताब यात्राको यो अफर अन्तर्गत कुनै पनि किताब खरिदमा इसेवाबाट भुक्तानी गर्दा ५ प्रतिशत क्यास ब्याक पाइने व्यवस्था गरिएको छ भने हरेक हप्ता इसेवाको तर्फबाट ५ जनालाई ५०० रुपैयाँको ब्यालेन्स उपहारस्वरूप प्रदान गरिनेछ ।

किताब यात्राको वाउ दशैं अफर सम्भवतः नेपालमा पहिलोपटक किताब खरिदमा दशैंमा यस्तो अफर ल्याइएको छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको पठन संस्कृतिमा थोरै भए पनि योगदान दिने उद्देश्यले यसपटक हामीले एक जनालाई रु ५०,००० बराबरको लाइब्रेरी उपहार दिदैछौं ।

हरेक खरिद मुल्यको २ प्रतिशत रकम किताब यात्रा फाउण्डेशनले बनाउने किताब यात्रा लाइब्रेरी एण्ड रिसर्च सेन्टरमा अनुदानको रुपमा सहयोग गर्दैछौं । हाम्रो यो प्रयासमा हाम्रा सम्पूर्ण ग्राहकहरुले उल्लेखनीय सहभागिता हुने छ भन्नेमा हामी विश्वस्त छौं ।’ किताब यात्रा प्रालिका प्रमुख कार्याकारी अधिकृत विकेश भट्टराइले भने ।

उनका अनुसार पछिल्लो समय दशैंमा किताब पढ्नेहरुको संख्या दिनानुदिन बढिरहेका बेला ग्राहकहरुलाई लक्षित गर्दै यस्तो स्किम ल्याईएको हो ।

किताब यात्रा प्रालिले स्थापनाकालदेखि नै किताब प्रेमीहरुको मन जित्न सफल भएको छ । पछिल्लो समय अनलाइनमार्फत किताब खरिदमा ग्राहकको पहिलो रोजाई बन्न सफल किताब यात्रा प्रालिले किताब जात्रा २०२० समेत आयोजना गरिसकेको छ ।