कीवर्डहरू -

बिट डिफेन्डर एन्टिभाइरस खरिदमा ५१ प्रतिशतसम्म छुट 

बिट डिफेन्डर एन्टिभाइरस खरिदमा ५१ प्रतिशतसम्म छुट 

बिट डिफेन्डरको टोटल सेक्युरिटी खरिद ५१ प्रतिशतसम्म छुट पाइने भएको छ । बिट डिफेन्डर एन्टिभाइरस नेपालमा लिड्स इनोभेसन कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

यो छुट योजना बिट डिफेन्डरको टोटल सेक्युरिटीको खरिदमा मात्रै लागु हुने कम्पनीले जनाएको छ । जस अन्तरगत १ हजार रुपैयाँमा बिट डिफेन्डर टोटल सेक्युरिटीको ५ वटा की बन्डलमा पाइने छ । जुन ५ वटा डिभाइसमा प्रयोग गर्न सकिने छ ।

त्यस्तै १५ सय रुपैयाँमा बिट डिफेन्डर टोटल सेक्युरिटीको १० वटा की बन्डलमा पाइने छ । जुन १० वटा डिभाइसमा प्रयोग गर्न सकिने छ ।

लिड्स इनोभेसन भ्यालु एडेड डिस्ट्रिब्युसन तथा कन्सल्टिङ कम्पनी हो । लिड्स इनोभेसनले एचपी इन्टरप्राइजेज, एचपी, अरुबा, राडवेयर, क्याबियम नेटवर्क्स, आर्कसर्भ र बिट डिफेन्डर ब्राण्डका प्रोडक्टरु बिक्री वितरण गर्दै आएको छ । यी बाहेक कम्पनीले सिस्को, अरुबा र बाचगार्डका उत्पादनहरु पनि प्रोजेक्टको आधारमा सम्झौता पनि गर्देछ । ‘