कीवर्डहरू -

गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउदै

गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउदै

गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउने भएको छ । प्रयोगकर्ताहरुले कहिले काँही आफ्नो गूगल असिस्टेन्टसँगको अन्तरक्रिया गूगलमा सेभ नहोस भन्ने चाहन्छन् र यो नयाँ फिचरले यही सुविधा दिने गर्दछ ।

यो फिचरले गर्दा प्रयोगकर्ताहरुले गेष्ट मोड अन गरेर आफ्नो अकाउन्टमा अन्तरक्रिया सेभ नहुन दिन सक्छन् । यो भने पुरै त्यही समयमा प्रयोगकर्ता र गूगल असिस्टेन्टको बिचमा नै रहन्छ ।

गूगल असिस्टेन्टले हरेक दिन प्रयोगकर्ताहरुलाई नयाँ रेसिपी दिएर होस या कुनै नयाँ कुरा सिकाएर गूगल असिस्टेन्टले हरेक क्षेत्रमा सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै अपोइन्मेन्टहरुको पनि जानकारी दिएर जीवनलाई सहज पार्दै आएको छ ।

एजेन्सीको सहयोगमा