अहिले पूरै विश्व नै कोभिड कहरले ग्रस्त बनेको छ । देशहरू कोभिडको खोप खोज्नमा तत्पर रहेता पनि सबै मान्छेको माझमा आइपुग्न अझै पनि महिनौं या वर्षौं लाग्न सक्छ ।
कोभिड महामारीले विश्वका लागि स्वास्थ्यको क्षेत्रमा मात्रै नभएर विभिन्न क्षेत्रहरूमा परिवर्तन ल्याइदिएको छ । कोभिड सकिएपछि मान्छेको जीवनशैलीमा केही परिवर्तन आउने कुरा निश्चित रहेको छ ।
सामाजिक दूरी कायम गरेर जीवन बाँचिरहनु पर्दा, अहिले संसारमा प्रविधिको क्षेत्र उन्नत नभएको भए विश्व नै अन्धकारतर्फ ढल्किन पुग्थ्यो ।
यो अवधिमा छिटो तरिकाले विकास भएको पक्ष भने सूचना र प्रविधिको क्षेत्र हो । केही महिनाको अन्तरालमै सूचना र प्रविधिको क्षेत्रले भने ठूलो फड्को मारेको छ ।
सामाजिक दूरी कायम गरेर जीवन बाँचिरहनु पर्दा, अहिले संसारमा प्रविधिको क्षेत्र उन्नत नभएको भए विश्व नै अन्धकारतर्फ ढल्किन पुग्थ्यो ।
प्रविधिको प्रयोगले जनजीवनलाई सजिलो बनाइराख्दा नेपाल पनि यस तरंगबाट अछुतो रहन सकेको छैन ।
प्रविधि कोरोना नियन्त्रणको साधक
ईकमर्शको विस्तारदेखि स–साना बालबालिकाको पढाइ या कुनै महत्वपूर्ण सरकारी बैठक, सबै क्षेत्रमा हाम्रो जनजीवनलाई सकेसम्म सजिलो पार्न प्रविधिले नै सहयोग पुर्याएको छ ।
एक दशकमा पनि सम्भव नभएको कुरालाई कोभिड–१९ ले सम्भव पारिदिएको छ । ईकमर्शको विस्तारदेखि स–साना बालबालिकाको पढाइ या कुनै महत्वपूर्ण सरकारी बैठक, सबै क्षेत्रमा हाम्रो जनजीवनलाई सकेसम्म सजिलो पार्न प्रविधिले नै सहयोग पुर्याएको छ ।
कोरोना नियन्त्रणमा नै चीन, सिंगापुर, दक्षिण कोरिया, ताइवान लगायत देशले प्रयोग गरिरहेका प्रविधिहरू उपलब्धिमूलक सावित पनि भएका छन् ।
चीन, दक्षिण कोरिया, ताइवान, सिंगापुर जस्ता देशहरूले कोरोना नियन्त्रण तथा रोकथाममा केही प्रविधिहरू प्रभावकारी रूपमा प्रयोग गरेका छन ।
ब्लुटुथमा आधारित कन्ट्याक्ट ट्रेसिङ, एआई मार्फत रोग पहिचान गर्ने र पूर्वानुमान लगाउने, ब्लकचेन प्लेटफर्मले बिरामी प्रोसेसिङलाई छिटो गर्ने, मेडिकल आपूर्ति पुर्याउन ड्रोन, औषधिको विकास गर्न एआई अल्गोरिदम र कम्प्युटिङ पावरको प्रयोग, खाना तथा औषधि पुर्याउन र सरसफाइमा रोबोटको प्रयोगसँगै कोरोना भाइरसको भ्याक्सिनमा सुपर कम्युटिङ लगायतको प्रयोग भइरहेको छ ।
एआई, मेशिन लर्निङ, थ्रिडी प्रिन्टिङ, स्मार्ट इमेजिङ, ब्लुटुथ प्रविधिहरूले रोग पहिचान गर्न, मानिसको ट्रयाकिङ गर्न, मास्क लगाएको छ वा छैन पत्ता लगाउन, सुरक्षा कवज बनाउन समेत भूमिका खेलिरहेको छ ।
नयाँ प्रविधिहरूको प्रयोगमा जोड
अहिले नेपालमा पनि प्रविधिको प्रयोग हरेक क्षेत्रमा भइरहेको छ । ‘वर्क फर्म होम’ भन्ने विश्वव्यापी सोचले नेपाललाई पनि प्रोत्साहित गरेको छ र धेरै कम्पनीले यसैलाई उपयोग पनि गरिरहेका छन् । घरैलाई शिक्षा केन्द्र बनाएर पनि हामीले बालबालिकालाई अध्ययन अध्यापन गराइरहेका छौं ।
अहिलेको समयमा टेलिहेल्थले पनि एकदमै उचाइ लिइरहेको छ । नेपालमा पनि विभिन्न रोबोटहरूको प्रयोग गरेर कोभिडका बिरामीहरूलाई हेरचाह र औषधि दिने काम भइरहेको छ ।
घरको अत्यावश्यक कुरा, लुगाकपडा, फर्निचर, औषधि, किताब सबै अनलाइनबाटै किन्न पाइन्छ । यो सबै प्रगतिले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ भन्ने संकेत देखाउँछ ।
यसैगरी दूरसञ्चार कम्पनीहरू एनसेल र नेपाल टेलिकमले गरिरहेका सूचना प्रवाह र सर्वेक्षणले पनि कोभिड नियन्त्रणमा महत्वपूर्ण भूमिका रहन्छ ।
अहिले नेपालमा पनि अधिकांशले मोबाइल र ७० प्रतिशत बढीले इन्टरनेट प्रयोग गरिरहेको कारण पनि डिजिटल प्रविधिहरू प्रभावकारी हुन सक्छन ।
अहिले नेपालमा पनि अधिकांशले मोबाइल र ७० प्रतिशत बढीले इन्टरनेट प्रयोग गरिरहेको कारण पनि डिजिटल प्रविधिहरू प्रभावकारी हुन सक्छन ।
नेपालमा स्वास्थ्य मन्त्रालय लगायत धेरै नगरपालिकाले स्वपरीक्षण एप्लिकेशनहरू सञ्चालन गरिरहेका छन् भने निजी क्षेत्रका कम्पनीले अनलाइन कन्सल्टिङ सेवा दिइरहेका छन् ।
नेपाली इनोभेटरहरूले म्यापिङ तथा लाइभ ट्रयाकिङ प्रणालीमा पनि काम गरेका छन् । क्वारेन्टिनमा बसेकाहरूको निगरानीमा प्रविधिको प्रयोग गरी अनुगमन गर्न सकिने प्रविधि तयार छ ।
केही अस्पतालहरूमा रोबोटमार्फत खाना र औषधिको वितरण भइरहेको छ । राष्ट्रिय आविष्कार केन्द्र र अन्य निजी कम्पनी तथा इनोभेटरहरूको प्रयास सकारात्मक भए पनि सरकारले प्रवर्द्धन र प्रयोगमा जोड दिन नसक्दा अझै पनि प्रभावकारिता कम भएको देखिन्छ ।
विभिन्न निजी क्षेत्रबाट भइरहेका यस प्रयासलाई सरकारले सम्बोधन गर्दै प्रभावकारी र उपयोगी बनाउन जोड दिनु आवश्यक छ ।
कोरोनाको कारण नेपालमा प्राविधिक पक्षबाट सृजना भएका सकारात्मक प्रयास र प्रयोगहरूको बुँदागत रूपमा कुरा गरौं ।
दूरसञ्चारको अधिकतम प्रयोग र सचेतना
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्दा अधिकांश जनतामा दूरसञ्चारको पहुँच पुगेको छ । एनसेल र नेपाल टेलिकमले कोभिड–१९ बारे रिङटोन मार्फत दिइएको सन्देश अत्यन्त प्रभावकारी भएको छ ।
त्यसैगरी यी कम्पनीले सञ्चालन गरेको स्वपरीक्षण सर्वेक्षण पनि लाभदायक रह्यो । विभिन्न किसिमले कम्पनीहरूले संकटमा प्रभावकारी सेवा दिइरहेका छन् ।
एपबाटै स्वपरीक्षण र ड्यासबोर्ड
नेपालमा स्वास्थ्य मन्त्रालयसँगै धेरै नगरपालिकाले एपबाटै स्वपरीक्षण गरेर डाक्टरसँग कन्सल्ट गर्न सकिने सुविधाहरू सञ्चालन गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयको हाम्रो स्वास्थ्य एपमा दैनिक लाखौं प्रयोगकर्ताले आवश्यक जानकारी लिइरहेका छन् ।
काठमाडौं महानगरले कोभिड सर्भिलेन्स सिस्टम सञ्चालन गरिरहेको छ भने अन्यले पनि यस किसिमका एपहरू प्रयोग गरिरहेका छन् ।
धेरै इनोभेटरहरू तथा आइटी कम्पनीहरूले ब्लुटुथ र अन्य नयाँ प्रविधिको प्रयोग गरी ट्रेसिङ गर्न सक्ने सिस्टमहरू विकास गरे पनि सरकारको उदासीनताले यस किसिमका नयाँ प्रयोगहरू कम भइरहेको पाइएको छ ।
अनलाइन लर्निङका लागि टेलिकम कम्पनीको आकर्षक प्याकेज
कोभिड–१९ को कारण शिक्षा क्षेत्रमा असर पक्कै परेको छ । तर वैकल्पिक माध्यमबाट सिकाइ जारी राख्ने सरकारको तयारीलाई साथ दिन टेलिकम कम्पनीहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।
विद्यार्थीका लागि आकर्षक स्किम तथा प्याकेजहरू सार्वजनिक गरेर धेरै सस्तोमा सिकाइ निरन्तर गर्न सहज भएको छ ।
अनलाइन लर्निङ टुल्सहरूको प्रयोग जुम, गूगल मिट र माइक्रोसफ्ट टिम्स जस्ता सिस्टमहरूको उपयोगिताले विद्यालय सञ्चालन नहुँदा पनि शैक्षिक वातावरण बनाइरहन महत्वपूर्ण भूमिका खेलेका छन् ।
घरबाटै डिजिटल कारोबार
पछिल्लो समय सबैभन्दा प्रभावकारी र उत्साहजनक प्रयोग भएको क्षेत्र डिजिटल कारोबार पनि हो । अधिकांश बैंकहरूले घरबाटै कारोबार गर्न सक्ने अवस्था सृजना गरेका छन् भने अर्बौंको शेयर खरिद विक्री भौतिक उपस्थितिबिनै सम्भव भइरहेको छ । डिजिटल वालेटहरूको प्रयोग उच्चरूपमा बढिरहेको छ ।
डिजिटल सभा, सम्मेलन र कन्सर्ट
आजभोलि जुमबारे नसुनेका मानिसहरू शायदै होलान् । सामान्य मिटिङका लागि घन्टौं जाम पार गर्दै पुग्नुपर्ने अवस्थालाई जुम, मिट तथा टिम्सले कति सहज बनाइदिएको छ त्यो सबैलाई थाहा छ । अहिले साना मिटिङदेखि ठूला सभा सम्मेलन र कन्सर्टहरू समेत यी अनलाइन टुल्सहरूबाट भइरहेका छन् ।
अनलाइनबाटै तरकारी, खाद्यान्य र अत्यावश्यक सामग्री
पछिल्लो समय नेपालमा प्रयास गरेर पनि फड्को मार्न नसकेको ई–कमर्शको ग्राफ उकालो लागेको छ । अब नेपाल अनलाइन सपिङ तथा ई–कमर्शको लागि तयार भएको देखिँदै गएको छ । भान्साको तरकारीदेखि ग्याजेट्ससम्म अनलाइन सपिङबाटै खरिद गर्न सकिने हुँदा सहज भएको छ ।
अस्पतालमा रोबोटबाट खाना र औषधि वितरण
दूरदराजसम्म इन्टरनेट तथा सञ्चारको पहुँच विस्तार गर्न त्यत्तिकै जरुरी छ । हरेक नागरिक डिजिटल प्रविधिमा जोडिन सके विकासको गतिले काचुली फेर्नेछ ।
दर्जन बढी अस्पतालहरूले अहिले कोभिड–१९ का बिरामीहरूको सेवा गर्न रोबोटहरू प्रयोग गरिरहेका छन । सिस्टर रोबोट, नर्सिङ रोबोट तथा अन्य रोबोटहरू नेपाली युवाहरूले नै बनाएर प्रयोगमा ल्याएका छन् ।
अटोमेटिङ डिस्पेन्सरदेखि अन्य इनोभेसनहरू नेपालमा तयार भइरहेका छन् । कोभिडले नचिनाएको इन्नोभेसन र इनोभेटरहरूलाई पनि जोड्न सहज बनाएको छ ।
ड्रोन, आइओटी, एआई जस्ता प्रविधिहरूको विकास र प्रयोगमा सयौं व्यक्तिहरू तल्लीन छन् । यसले भोलिको सुन्दर नेपाल बनाउन इनोभेसन र उद्यमशीलतालाई जोड दिनुपर्छ भन्ने पनि सिकाएको छ ।
यही डिजिटल गतिलाई पछिसम्म चलाइराख्न भने एक चुनौती पनि हुन सक्छ । तर हामीले कहिले पनि सकारात्मक परिवर्तनलाई व्यर्थै जान दिनु हुँदैन र यही गतिले प्राविधिक विकास गरिरहनु पर्दछ । हामीले जहिले पनि प्रगतितर्फ ध्यान दिनुपर्छ र त्यसका लागि यो तरंग जरुरी नै छ ।
डिजिटल रूपान्तरण गर्नका लागि सरकारले विश्वव्यापी प्राविधिक विकाससँगै हिँड्ने प्रयास गर्नुपर्छ । यसका लागि सरकारले यो क्षेत्रमा उचित लगानी गर्नुपर्दछ । त्यसैगरी आइटी प्रोफेसनलहरूलाई पनि उनीहरूको कामको लागि प्रोत्साहन गर्नुपर्छ ।
दूरदराजसम्म इन्टरनेट तथा सञ्चारको पहुँच विस्तार गर्न त्यत्तिकै जरुरी छ । हरेक नागरिक डिजिटल प्रविधिमा जोडिन सके विकासको गतिले काचुली फेर्नेछ ।