कीवर्डहरू -

प्रभु डिजिटल अब पब्लिक कम्पनी, आईपीओ जारी गर्ने बाटो खुल्यो

प्रभु डिजिटल अब पब्लिक कम्पनी, आईपीओ जारी गर्ने बाटो खुल्यो

प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान गर्दैं आएको प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको हो ।

कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले हालै पब्लिक कम्पनीमा परिवर्तन गर्न अनुमति दिएको छ ।

प्रभु ग्रुप अन्तरगत रहेको प्रभु डिजिटलले कम्पनी रजिष्टार कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम पनि संशोधन गरिसकेको छ ।

टेलिभिजन, आईपी टिभी, ओटीटी र इन्टरनेट सेवा प्रदान गर्दैं आएको प्रभु डिजिटलले अब आईपीओ जारी गर्ने बाटो पनि खुल्ला भएको छ ।