कीवर्डहरू -

अमेरिकी चुनावमा समयपुर्व विजेताको घोषणा गरेमा त्यस्तो ट्विटलाई ट्विटरले लेबल गर्ने  

अमेरिकी चुनावमा समयपुर्व विजेताको घोषणा गरेमा त्यस्तो ट्विटलाई ट्विटरले लेबल गर्ने  

अमेरिकी चुनावको एक महिना जति मात्रै बाँकी हुदा ट्वीटरले केही अस्थायी परिवर्तनहरु ल्याएको छ । अमेरिकामा नोभेम्बर ३ मा चुनाव हुँदैछ ।

औपचारिकरुपमा अमेरिकी चुनाव जितेको जानकारी नभएसम्म कसैले जितेको ट्वीट गरेमा ती ट्वीटहरुलाई लेबल गर्ने बताएको छ ।

कुनै ट्वीटलाई गलत सूचना फैलाएको भनेर लेबल गरिएपछि पनि कसैले रीट्वीट गर्न चाहेमा ट्वीटरले माथि फोटो राखिदिएर सही जानकारीलाई पछयाउन पनि सुझाव दिनेछ ।

राजनीतिज्ञहरुले गलत जानकारी दिन खोजेमा अझै बढि प्रतिबन्ध लगाइएको छ । यस्तो भएमा अरु फलोअरहरुले ती ट्वीटमा हेर्न मात्रै पाउने छन् भने रिप्लाई गर्न पाउँदैनन ।

यस्ता ट्वीटहरुलाई ट्वीटरले प्रयोगकर्ताको टाइमलाइनमा पनि देखाउदैन् । अब केही रिट्वीट गर्नु पर्दा पनि केही आफ्नो विचार राखेर मात्रै गर्न पाइन्छ । यसको लागी कोट भन्ने अप्सन हुन्छ । भरसक गलत जानकारी नफैलिन दिने ट्वीटरको मनसाय रहेको छ ।