कीवर्डहरू -

युट्युबलाई शपिङ थलो बनाउदै गूगल 

युट्युबलाई शपिङ थलो बनाउदै गूगल 

गूगलले यूट्युबलाई चाँडैनै शपिङ गर्ने थलो बनाउने सोचिरहेको छ । ब्लुमबर्गको अनुसार यूट्युबले केही दिन अघि देखि नै क्रिएटरहरुलाई आफ्नो भिडियोमा फिचर गरेको सामानहरुलाई ट्याग गरिदिन आग्रह गर्न थालेको छ ।

कम्पनीले ती सामानहरुलाई किनमेल र एनालाइटिक टूलमा जोड्ने बताएको छ । यस्तो गरेपछि उपभोक्ताहरुले प्लेटफर्ममा देखेको सबै कुरालाई किन्न सक्नेछन् ।

युट्युबले अहिले ईकमर्स फिचर परीक्षण गरिरहेको युट्युबका प्रवक्ताले ब्लुमबर्गलाई बताएका छन् । जहाँ हरेक किसिमका खेलौना, ग्याजेट्स र अन्य सामान अनलाइन बिक्रीका लागि उपलब्ध हुनेछन् ।