कीवर्डहरू -

गूगल मीटमा अब ब्रेकआउट रुम फिचर    

गूगल मीटमा अब ब्रेकआउट रुम फिचर    

गूगल मीटमा ब्रेकआउट रुम फिचर उपलब्ध भएको छ । यो फिचरले शैक्षिक तथा अरु विधाहरुलाई सहयोग पुर्‍याउने छ ।

यो फिचर सुरुवाती चरणमा गूगल वर्कस्पेसको शैक्षिक इन्टरप्राइज ग्राहकले प्रयोग गर्न पाउनेछन् । यस फिचरको प्रयोगले ब्रेकआउट रुम बनाएर ठूलो समूहलाई स सानो समूहमा बाडँन सकिन्छ ।

यो फिचर गूगल वर्कस्पेसको अरु भर्सनमा भने केही समय पछि आउने छ । कल सुरु गर्नको निम्ति एक्टीभिटिज बटनलाई थिचेर ब्रेकआउट रुम सेलेक्ट गर्नुपर्छ । यसमा आयोजकले १०० ओटा रुमहरु जति बनाउन सक्दछन् ।

यसको कारण स्वतः सहभागीहरु बराबरी ढङ्गले कोठाहरुमा विभाजन हुने गर्दछन् । तर यसमा आयोजक आफैले पनि विभाजन गर्न सक्दछन् ।

आयोजकहरुले आफू पनि ब्रेकआउट रुममा जान सक्छन् तर आफू नहुदा के के मेसेज गरिएको थियो भनेर चैँ हेर्न पाउदैनन् ।

यसमा आयोजकले टाइम लिमिट पनि राख्न मिल्छ । तर रुमहरु भने कम्प्यूटर प्रयोग गरेर मात्रै बनाउन मिल्छ ।