कीवर्डहरू -

स्मार्टको फेस्टिभ अफर, ८ जीबी डेटा सहितको सीम निःशूल्क पाइने

स्मार्टको फेस्टिभ अफर, ८ जीबी डेटा सहितको सीम निःशूल्क पाइने

स्मार्ट टेलिकमले फेस्टिभल अफर सार्वजनिक गरेको छ । स्मार्टले ८ जीबी डेटा सहित निशूल्क सीम प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।

यो सुविधा स्मार्ट सेन्टरमा जाने ग्राहक र एसईई दिएका विद्यार्थीले पउने छन् । त्यस्तै २ सय रुपैयाँ, ५ सय रुपैयाँ र १ हजार रुपैयाँ बराबरको रिचार्ज खरिदमा आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो अफर ३ महिनासम्म लागु हुनेछ । यो अफर पाउन स्मार्ट सेन्टरमै जानुपर्ने  छ ।  स्मार्ट सेन्टर कुमारीपाटी, न्युरोड काठमाडौं, पुतलिसडक, सुर्यविनायक, न्युरोड पोखरामा उपलब्ध छन् ।