कीवर्डहरू -

पानासोनिकले सार्वजनिक गर्‍यो वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब 

पानासोनिकले सार्वजनिक गर्‍यो वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब 

पानासोनिक लाइफ सोलुसनले भारतमा वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब निकालेको छ । यसको एकदमै आकर्षक फिचर भनेको थुप्रै रङ्गको लाइट बाल्न मिल्ने हो ।

यसले प्रयोगकर्ताहरुको डेटा सुरक्षा पनि दिने बताइएको छ । यसले मिलियन ओटा छुट्टा छुट्टै रङ्गको थिम दिने पनि बताइएको छ ।

यसले ९ वाट को आउटपुट दिने गर्दछ । यो ब्लबमा पहिले नै योजना बनाएर कति खेर बल्ने र निभ्ने भनेर समय निर्धारित गर्न पनि मिल्छ ।

यसलाई स्मार्ट वाईफाई एप्लिकेसनको प्रयोगले नियन्त्रण गर्न सक्छौँ । यो एप गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

यो एकदमै ऊर्जा बचाउने उपायको रुपमा पनि देखिएको छ । यसमा स्मार्ट एलईडी ब्लबको भविष्य बन्न सक्ने क्षमता रहेको अनुमान लगाइएको छ । यो ब्लबको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको डेटा सुरक्षा रहेको छ ।