हुवावे कनेक्ट २०२० मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (आइडिसी), मार्केट इन्टेलिजेन्स, परामर्श सेवा र सूचना प्रविधि, दूरसञ्चार र उपभोक्ता प्रविधि बजारका कार्यक्रमहरुको ग्लोबल प्रदायकले हुवावेको साथमा बैंकिङ इन्डस्ट्रि राइजेज टु न्यु नर्मलू शिर्षकको ह्वाइट पेपर जारी गरेको छ ।
यस प्रतिवेदनमा आइडिसी र हुवावेले बैंकिगं इन्डस्ट्रिमा कोभिड–१९ को प्रभाव बारे सर्भे गरेर बैंकले उनीहरूको भविष्यगत सफलता सुनिश्चित गर्नका लागि लिनु पर्ने कदमहरूको रूपरेखा प्रस्तुत गरेको छ ।
यस प्रतिवेदनको अशंको रूपमा आइडिसी र हुवावेले ‘बैकिगं रिसिलियेन्स सूचक’ को विकास गरेको छ जसले बैंकिगंको वर्तमान स्थितिलाई क्षेत्रको हिसाबले छ वटा प्रमुख उपायका आधारमा मापन गर्दछ ।
यो सूचकले प्रमुख क्षेत्रीय भिन्नताहरू देखाउँदछ, तथा बैंकहरूले उनीहरूको आफ्नै स्थिरताको आकलन गर्न प्रयोग गर्न सक्दछ र भविष्यको सफलताको लागि कहाँ ध्यान दिने भनेर मार्गदर्शन प्रदान गर्दछ ।
हुवावे कनेक्ट २०२० मा ह्वावे र यसका पार्टनरहरूले वित्तीय क्लाउड, स्मार्ट शाखा, डिजिटल कोर र इन्टेलिजेन्ट डाटा प्लेटफार्महरू सहित एफएसआई सोलुसनको विस्तृत प्रकार देखाउँदै छन् ।
यी सोलुसनले बैंकहरूलाई लागत घटाउन, छिटो परिवर्तन हुने जीफाइभ वातावरणलाई छरितो गर्न, ग्राहकहरूलाई आकर्षित गरेर राख्न र उदीयमान प्रतिस्पर्धीहरू बिरूद्ध उभिने मौका दिन्छ ।
हालका अवरोधहरूले दैनिक जीवनमा मोबाइलमा वित्तीय सेवाको ध्यान केन्द्रित गरेको छ र चीनमा प्रारम्भिक अनुभवहरूको आधारमा हुवावे विश्वव्यापी रूपमा मोबाइल अन्तरक्रियामा जाने कदमलाई समर्थन गर्न अग्रणी रहेको छ ।
हामीले व्यक्त गरिरहेको अन्तर्दृष्टिले वित्तीय ग्राहकहरूलाई विश्वव्यापी रूपमा प्रतिक्रिया दिन र यस कठिन समयमा ग्राहकहरूलाई साथ दिन सहयोग गरिरहेको छ ।
यी अनुभवहरूले हुवावेलाई यस रिपोर्टमा आइडिसीको साथ काम गर्न मौका दियो । उक्त रिपोर्टमा रहेका केही प्रमुख निष्कर्षहरू, बैंकको ब्यालेन्स शीटमा महामारीको आर्थिक प्रभाव, मोबाइल उपकरणबाट डिजिटल भुक्तानीमा आक्रामक वृद्धि र बैंकिगं सेवाहरूमा शाखाको भूमिकामा अचानक आएको परिवर्तनलाई चिन्तन गर्दछ । भविष्यलाई नियाल्दा आइडिसीले यी प्रयासहरूमा ध्यान केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
• च्यानल अपग्रेड – पूर्ण डिजिटल ग्राहक यात्रामा सर्दै
• संचार पुनर्विचार– ग्राहकहरुलाई सेवा पु¥याइने तरिकामा परिवर्तन ल्याउने
• इन्फ्रास्ट्रक्चर ओभरहल – हाइब्रिड क्लाउड र माइक्रोसर्भिसेस को निर्माण
• डाटा र एनालिटिक्स पुनः परिभाषा – मजबूत डेटा लेक र पीसी क्षमताको निर्माण
• कार्यप्रवाह पुनः कल्पना – कागज र एऋक बाट मोबाइल कार्यप्रवाहहरू मा उत्थान, र प्लेटफर्म रूपान्तरण – उभो लाग्दै गरेका प्रविधिहरू समावेश गर्दै जस्तै फाइभजी, एआई र आइओटी ।
हुवावेका अनुसार बैंकिंग रिसिलियेन्स सूचक र फोकस क्षेत्रहरूले बैंकहरूको लागि मार्गदर्शन प्रदान गर्नेछ । किनकि उनीहरूले नयाँ सामान्यको निरन्तर चुनौतीहरूको सामना गर्नेछन् ।
ह्वावेले विश्वको अग्रणी वित्तीय संस्थासँग आफ्नो संलग्नता विस्तार गर्न जारी राख्नेछ र यस रिपोर्टले प्रदान गरेको अन्तर्दृष्टिले त्यस कार्यको लागि ठोस आधार प्रदान गर्ने बताइएको छ ।
यहाँ क्लिक
गरी ह्वाइट पेपर डाउनलोड गर्न सकिने छ ।