कीवर्डहरू -

२२ अक्टोबरमा सार्वजनिक हुँदै हुवावे मेट फोर्टी 

२२ अक्टोबरमा सार्वजनिक हुँदै हुवावे मेट फोर्टी 

हुवावेले अक्टोबर २२ मा मेट ४० फोन सार्वजनिक गर्ने भएको छ । भर्चुअल इभेन्ट मार्फत मेट ४० स्मार्टफोन सार्वजनिक हुनेछ ।

यसमा हाई इण्ड किरिन ९००० प्रोसेसर प्रयोग गरिएको छ । किरिन प्रोसेसर प्रयोग गरिएको यो अन्तिम डिभाइस समेत हुन सक्ने बताइएको छ । अमेरिकाले हुवावेलाई सामानहरु किन्न र बेच्न नदिने हुदा कम्पनीलाई चीपसेटको पक्षमा समस्या पर्दै गइरहेको छ ।


५ नानोमीटरको किरिन चीप एकदमै छिटो र राम्ररी चल्ने बताइएको छ । फोटोग्राफीको क्षेत्रमा यो मेट ३० जस्तै हुनेछ ।

यसमा ४ ओटा सेन्सर भएको क्यामेरा हुनेछन् । यसमा वाटरफल कर्भड डिस्प्ले हुनेछ । यो फोन बजारमा कहिले आउँछ भनेर कम्पनीले कुनै पनि जानकारी दिएको छैन् ।