कीवर्डहरू -

२०१७को अन्त्यसँगै विन्डोज फोन ८.० तथा ब्ल्याकबेरी ओएसमा व्हाट्स एप बन्द हुँदै

२०१७को अन्त्यसँगै विन्डोज फोन ८.० तथा ब्ल्याकबेरी ओएसमा व्हाट्स एप बन्द हुँदै

यहि २०१७ को अन्त्य देखि व्हाट्स एप कम्पनिले धेरै स्मार्टफोनहरुमा आफ्नो सपोर्ट बन्द गर्दैछ । कम्पनिले आफ्नो अफिसियल ब्लग पोस्टद्वारा विन्डोज फोन ८.०,ब्ल्याकबेरी १० तथा ब्ल्याकबेरी ओएसमा यहि डिसेम्बेरको ३१ बाट  व्हाट्स एप नचल्ने कुराको पुष्टि गरेको हो । यसको मतलब यी फोन प्रयोगकर्ताहरुले २०१७ पछि व्हाट्स एपको प्रयोग गर्न पाउने छैनन् ।

२०१६ मा नै पहिलो पटक व्हाट्स एपले यी मोबाइलहरुमा आफ्नो सपोर्ट बन्द गर्ने कुराको घोषणा गरेको थियो ।  त्यसपछि डेडलाइन  ३० जुन २०१७ सम्म रहेको जानकारी  आफ्नो ब्लग मार्फत दिएको थियो । तर फेरी यो मितीलाई पनि अद्यावधिक गरेर ३१ डीसेम्बेर २० \"\" १७ बनाइयो  ।

” यसको  निर्णय लिन हामीलाई  एकदमै कठिन भयो,तर प्रयोगकर्ताहरुलाई आफ्ना साथीभाइ तथा आफन्तहरुसँग कुराकानी गर्न अझ सहज होस् भन्ने उद्देश्यलेनै हामीले यो निर्णय लिएका हौ। यदि तपाई २०१७ पछि पनि व्हाट्स एप प्रयोग गरिरहन चाहनुहुन्छ भने यी पुराना फोन लाइ हटाएर नयाँ एन्ड्रोइड,आइफोन तथा विन्डोज फोनको प्रयोग गर्न सिफारिश गर्दछौ ।” व्हाट्स एपले आफ्नो अधिकारिक ब्लगमा लेखेको छ।

सपोर्ट बन्द गरिसकेसँगै ती प्लेटर्फममा ह्वाट्सएपले भविष्यमा कुनै सेक्युरिटी अपडेट तथा नयाँ फिचर्स दिनेछैन । त्यस्तै प्रयोगकर्ताले नयाँ अकाउन्ट  बनाउन पाउने छैनन् र चलाईरहेको अकाउन्टलाइ रि- भेरीफाई  पनि गर्न सक्नेछैनन् ।

नोकिया सिम्बियन एस ६०मा गत जुनमानै सपोर्ट बन्द गरेको व्हाट्स एपले एन्ड्रोइड २.३.७ भन्दा पुराना भर्जनहरुमा २०२०को फेब्रुवरी देखि सपोर्ट बन्द गर्नेछ  भने, ब्ल्याकबेरी ओएस, ब्ल्याकबेरी १० तथा विन्डोज फोन ८.० र सो भन्दा पुराना फोनहरुमा भने यहि डिसेम्बेर ३१ बाट आफ्नो  सपोर्ट बन्द गर्ने घोसणा गरेको छ ।