कीवर्डहरू -

एनआईसी एशिया बैंकको कार्डमार्फत ईकमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

एनआईसी एशिया बैंकको कार्डमार्फत ईकमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

एनआईसी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ता (क्यासब्याक) को योजना सार्वजनिक गरेको छ ।

उक्त आकर्षक योजनाअन्तर्गत सस्तोडिल, ग्यापु, ठूलो पसल, इन्फीस्टोर ओकेदाम, कलमार्ट जस्ता ई–कमर्शबाट बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन् ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै बैंकले सस्तोडिल र ग्यापुमा २० प्रतिशत वा २००० रुपैयाँ सम्म, कलमार्टमा २५ प्रतिशत वा १५०० रुपैयाँ सम्म तथा ठूलो पसल, इन्फीस्टोर र ओकेदाममा १५ प्रतिशत वा १००० रुपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ ।

बैंकमा आबद्ध ग्राहकहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्ने छन् ।

चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकहरूले सो अवसरको फाइदा लिने बैंकले विश्वास लिएको छ ।
साथै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा लिन सक्नेछन् ।