कीवर्डहरू -

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टको चेतावनी, कुनै पनि एप डाउनलोड गर्दा ध्यान दिनुहोस् 

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टको चेतावनी, कुनै पनि एप डाउनलोड गर्दा ध्यान दिनुहोस् 

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुको लागि माइक्रोसफ्टले चेतावनी जारी गरेको छ । माइक्रोसफ्टले नयाँ र्यानसमवेयर पत्ता लगाएको छ, जसले एन्ड्रोइड फोनहरुलाई टार्गेट गरिरहेको छ ।

यो र्यानसमवेयरको नाम माललकर डट बी रहेको छ । यो र्यानसमवेयर अनलाइन फोरम र वेबसाइटबाट फैलिरहेको छ । यो र्यानसमवेयर मालिसियस एप भित्र लुकेको छ ।

त्यसैले कुनैपनि वेबसाइटबाट एप डाउनलोड गर्दा ध्यान दिनुहोस् । यसले फोन स्क्रीन पहुँच गर्नबाट प्रयोगकर्तालाई रोक्दछ । अरु र्यानसमवेयर विपरित यसले डिभाइसलाई इन्क्रिप्ट गर्दैन् ।

यसले एक मेसेजको साथमा स्क्रीनलाई फ्रिज गरिदिन्छ । यसले ल इन्फोर्समेन्ट एजेन्सीबाट आएको दाबी गर्छ र अनलक गर्न जरिवानाको लागि सोध्छ ।

यो र्यानसमवेयरले कल नोटिफिकेसनको फाइदा लिन्छ र कुनै पनि इनकमिङ कल आउँदा र्यानसमवेयर सक्रिय हुन्छ । जुन समयमा प्रयोगकर्ताले होम बटन वा रिसेन्ट एप बटन थिच्छन् र त्यसपछि मेसेजको साथ स्क्रीन लक हुन्छ ।

‘यो नयाँ थ्रेटले इन्क्रिप्ट गरेर फाईलहरूमा पहुँच रोक्दैन। यसको सट्टामा यसले मेसेजसहित स्क्रीनमा डिभाइसको पहुँच नै रोकिदिन्छ । यो स्क्रीन प्रत्येक विन्डोमा देखिन्छ, र जसले गर्दा प्रयोगकर्ताले फोनमा अन्य केहि कार्य गर्न सक्दैन । स्क्रीनमा र्यानसम मेसेज देखा पर्दछ र त्यहाँ रकम भुक्तान गर्न निर्देशनहरू हुन्छन्’ माइक्रोसफ्टले भन्यो ।

रिपोर्टका अनुसार मालवेयरको कोड सिम्पल छ । यो सजिलै अरु फोनहरुमा फैलिन सक्छ । प्रयोगकर्तालाई अज्ञात श्रोतबाट एप डाउनलोड नगर्न सिफारिस समेत गरेको छ ।

त्यो र्यानसमवेयरले व्यक्तिगत जानकारी चोर्छ कि चोर्दैन् यसको भने कुनै प्रमाण छैन् । यो चाही निश्चित भयो की तपाईको फोन भर्चुअल्ली बेकार हुन सक्छ ।

एजेन्सीको सहयोगमा