कीवर्डहरू -

मिसकल गरेकै भरमा अब विद्युत महशुल भुक्तानी गर्न सकिने 

मिसकल गरेकै भरमा अब विद्युत महशुल भुक्तानी गर्न सकिने 

नेपालमै पहिलो पटक सनराइज बैकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।

यस सेवाको सुरु सँगै अब देखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस कल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।

यो सेवा प्रयोग गर्न एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनु पर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यान्वयनमा आउने बैकले जनाएको छ ।

हालसम्म सनराइज बैंकका ग्राहकहरुले सनराइन स्मार्ट एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस कल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् ।