मिस यूनिभर्स नेपालका २०२० लागि ब्रेभ बोल्ड एण्ड ब्यूटिफूल प्रालिले आफ्नो एप मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई यस सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउनको लागि आह्वान गरेको छ ।
मिस युनिभर्स नेपालको मोबाइल एप असोज २२ गते एपी वान टेलिभिजन मार्फत प्रशारित कार्यक्रम ‘द नग्म्याटिक शो’ मार्फत २०१७ की मिस यूनिभर्स नग्मा श्रेष्ठ र ब्रेभ बोल्ड एण्ड ब्यूटिफूल प्रालिका फाउण्डरले सार्वजनिक गरेका थिए ।
मिस यूनिभर्सका विजेताले १० लाख रुपैयाँ नगद उपहार प्राप्त गर्ने छन् । मोबाइल एप गूगल प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने छ ।
पछिल्लो ५ हजार प्रतियोगीहरुका १ हजार रुपैयाँ तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।
यस प्रतियोगिताका लागि आवेदन तथा दर्ताको घोषणा एक प्रत्यक्ष प्रशारित कार्यक्रम मार्फत गरिएको थियो ।
यस प्रतियोगिताको घोषणा भएको ४८ घण्टामा १५०० भन्दा बढी प्रयोगकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको जनाइएको छ ।
नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने बताइएको छ ।
नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेता मतदानबाट छनौट गरिनेछ ।