कीवर्डहरू -

आइसिटी अवार्ड २०२० का उत्कृष्ट १२ स्टार्टअपको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन आज हुँदै

आइसिटी अवार्ड २०२० का उत्कृष्ट १२ स्टार्टअपको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन आज हुँदै

बुधबार साँझ आइसिटी अवार्ड २०२० का उत्कृष्ट १२ स्टार्टअपको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुने भएको छ । आज साँझ साढे ५ बजेदेखि प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुनेछ ।

१४ जना जुरीको अगाडी उत्कृष्ट १२ स्टार्टअपले प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसनमा भाग लिनेछन् । यस अघि शनिबार इनोभेसन, स्टुडेन्ट तथा प्रोडक्ट क्याटेगोरीको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सम्पन्न भइसकेको छ ।

कोरोना महामारीको परिस्थितिलाई मध्यनजर गरी प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन कार्यक्रम भर्चुअल रुपमा भइरहेको आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।

उत्कृस्ट १२ स्टार्टअपमा BizHub I.T. Service Pvt. Ltd., CryptoGen Nepal Pvt. Ltd, Dulwa Expeditions Pvt. Ltd, Evalaya Tech Pvt. Ltd., GC Research and Development, Genius Systems Pvt. Ltd, Innology Solutions Pvt. Ltd, Jeevee Health Pvt. Ltd., Nep Meds Pvt. Ltd., Sajilo Trip Pvt Ltd, Unelma Platform Pvt. Ltd, Washmandu Nepal Pvt. LTd. पर्न सफल भएका छन् । स्टार्टअप आइसिटी अवार्ड २०२० मा ५५ वटा कम्पनीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएको थियो ।

विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो । भदौ अन्तिम सातादेखि शुरू भएको छनौट प्रक्रिया जारी रहेको छ ।