कीवर्डहरू -

सार्वजनिक भयो आईफोन १२, यस्ता छन् विशेषता 

सार्वजनिक भयो आईफोन १२, यस्ता छन् विशेषता 

एप्पलले हिजो अर्थात १३ अक्टोबरमा इभेन्ट आयोजना गरेको थियो । यस ईभेन्टमा एप्पलले आईफोन १२ सँगै आफ्ना केही नयाँ उत्पादनहरु पनि सार्वजनिक गरेको छ ।

यस्ता छन् सो ईभेन्टमा सार्वजनिक भएका डिभाइसहरु

होमपोड मीनी

एप्पलले पहिलेदेखि मागमा रहेको होमपोड मीनी ल्याएको छ । यो एकदमै सानो ३ इन्चको लम्बाई मात्रै रहेको छ । यसले थुप्रै खालको गीतहरुसँग टयून गर्न सक्छ ।

यसले सिरीलाई पनि सपोर्ट गर्ने गर्दछ । यसको आवाजको गुणस्तरीयता पनि एकदमै राम्रो रहेको एप्पलको भनाई छ । यसको मूल्य ९९ अमेरिकी डलर पर्ने बताइएको छ । यसको प्रीअडर भने नोभेम्बर ६ बाट सुरु हुनेछ ।

नयाँ आइफोन १२

आइफोन १२ को धेरैजस्तो डिजाइन आइफोन एक्सकै जस्तो रहेको छ तर आइफोन एक्समा क्यामेरा भने गोलाकारमा थियो भने यो पाली चाँही क्यामेरा चर्तुभुज आकारमा रहेको छ ।

यसको डिस्प्लेमा भने ओएलईडी सुपर रेटिना एक्सडीआर प्यानेल प्रयोग भएको छ । यसमा सेरामिक सिल्ड ग्लासको प्रयोग गरिएको छ ।

यसले गर्दा यो आइफोन एकदमै टिकाउ हुने दाबी गरिएको छ । यसमा ए १४ बायोनिक प्रोसेसरको प्रयोग भएको छ । ५ न्यानोमिटर प्रक्रियामा बनाइएको यो पहिलो चीप हो ।

यसमा दुई ओटा वाईड र अल्ट्रा वाईड क्यामेरा रहेका छन् । यसमा नाईट मोड पनि रहेको छ । यसले फाइभ जीलाई पनि सपोर्ट गर्दछ ।

आइफोन १२ मिनी

यो आइफोन ६ को डिजाइनमा आधारित रहेको डिजाइन हो र नाम अनुसार यो  सानो पनि छ । तर सानो हुनु बाहेक यसको सबै फिचर आइफोन १२ को नै रहेको छ । यसको मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ ।

आइफोन १२ प्रो र प्रो म्याक्स

आइफोन १२ प्रो र प्रो म्याक्समा स्टेनलेस स्टील फ्रेम प्रयोग गरिएको छ । यो फोन ग्रेफाईट, सिल्भर, गोल्ड र प्यासिफिक निलो रङ्गमा आउनेछ ।

आइफोन १२ प्रो डाईगनलमा ५.८ इन्च देखि ६.१ इन्च सम्म जाने गर्दछ र प्रो म्याक्सको भने ६.५ इन्च देखि ६.७ इन्च रहेको छ । यो अक्टोबर १६ देखि प्रीअडरका लागी राखिने जनाइएको छ ।

आइफोन १२ प्रोको मूल्य ९९९ अमेरिकी डलर पर्छ भने प्रो म्याक्सको मूल्य १०९९ अमेरिकी डलर पर्ने गर्नेछ । यसमा नयाँ लिडार सेन्सर पनि राखिएको छ जसले फोटोहरुमा अगुमेन्टेड रियालिटी दिने गर्दछ ।

यो फोनले फोरके भिडियो पनि सपोर्ट गर्ने गर्दछ । यसले कम लाईटमा ८७ प्रतिशतले राम्रो काम पनि गर्न सक्छ ।

आईफोन १२ मा छैन् चार्जर र ईयरपोड

एप्पलले अब देखि  चार्जर र ईयरपोड दिने छैन् । यस्तो गर्दा २ मिलियन मेट्रिक टन फोहोर कम हुने एप्पलको भनाई रहेको छ ।