कीवर्डहरू -

नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तराष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार

ह्युम्यानिटेरियन क्याटोगोरीमा नेपाल सहित ६ ओटा देशका प्रोजेक्ट फाइनलमा पुगेका थिए । त्यसमा नेपालले अवार्ड हात पार्न सफल भएको हो । 

नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तराष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार

नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले ह्युम्यानिटेरियन अवार्ड २०२० जित्न सफल भएको हो ।

अमेरिकामा अवस्थित दि एशोशिएसन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनल (एयुभीएसआई) ले हरेक वर्ष आयोजना गर्ने एयुभीएसआई एक्सेलेन्स अवार्ड अन्तरगतको ह्युम्यानिटेरियन क्याटोगोरीमा ड्रोओट्स मेडिकल ड्रोन विजेता हुन् सफल भएको हो ।

ह्युम्यानिटेरियन क्याटोगोरीमा नेपाल सहित ६ ओटा देशका प्रोजेक्ट फाइनलमा पुगेका थिए । त्यसमा नेपालले अवार्ड हात पार्न सफल भएको हो । एयुभिएसआईले अवार्डको लागि विश्वभरबाट दर्ता खुल्ला गरेपछि ड्रोओट्स पनि यसमा सहभागी भएको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनीले बताए ।

ह्युम्यानिटेरियन क्याटोगोरीमा नेपाल सहित ६ ओटा देशका प्रोजेक्ट फाइनलमा पुगेका थिए । त्यसमा नेपालले अवार्ड हात पार्न सफल भएको हो ।

एयुभिएसआईले अवार्डको लागि विश्वभरबाट दर्ता खुल्ला गरेपछि ड्रोओट्स पनि यसमा सहभागी भएको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनीले बताए ।

‘सामान्यतया अहिले जहाँपनि मेडिकल ड्रोनको परीक्षण मात्र भइरहेको छ’ उनले भने, ‘हामीले ड्रोन मार्फत डेलिभरी गरेको नमुनामा २५ भन्दा बढी बिरामीहरुको नमुनामा पोजेटिभ इफेक्ट देखाएको थियो । क्षयरोग परीक्षणको लागि ६ महिनामा ७ सय भन्दा बढि नमुना ड्रोनबाट डेलिभरी गरेका थियौं ।’

यो अवार्डको पुरस्कार राशी ५ हजार डलर (साढे पाँचलाख रुपैयाँ भन्दा बढी) रहेको छ । कोरोना भाइरसको कारणले अवार्ड कार्यक्रम भर्चुअल रुपमा गरिएको थियो ।

ड्रोओट्स ड्रोन प्युठान जिल्लामा सञ्चालनमा ल्याइएको थियो । यस परियोजनामा बिराट नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी) पब्लिक हेल्थ पार्टनरको रुपमा रहेको छ । बीएनएमटीले नेपालका धेरै जिल्लामा क्षयरोगको प्रोजेक्ट चलाइरहेको छ ।

\"\"

‘त्यस मध्ये प्युठान जिल्लामा नेपाल फ्लाइङ ल्याबले ड्रोन उडाउने, संकलन भएको खकार लिएर आउने काम गर्‍यो भने बीएनएमटीले गाउँ गाउँमा गएर खकार संकलन गर्ने, ड्रोनमा लोड गर्ने र अस्पतालमा जिनएक्सपर्ट मेसिनको प्रयोग गरी जाँच गर्ने काम गर्‍यो’ पुडासैनिले भने ।’

जाँचको लागि बीएनएमटीले प्युठान जिल्ला अस्पतालमा जिनएक्सपर्ट मेसिन जडान गर्न सहयोग गरेको थियो । पुडासैनिले भने, ‘माइक्रोस्कोपबाट खकार जाँच गर्दा क्षयरोग हो की हैन् भनेर ४५ देखि ५० प्रतिशत मात्रै वास्तविक नतिजा दिन सक्दो रहेछ भने जिन एक्सपर्टले चाँही करिब ९८ प्रतिशत वास्तविक नतिजा दिन सक्दो रहेछ ।’

\"\"

यस परियोजनामा नेपाल फ्लाइङ ल्याब, ड्रोन नेपाल, बिराट नेपाल मेडिकल ट्रष्ट, वी रोबोटिक्स र जिल्ला जन स्वास्थ्य कार्यालय प्युठान संलग्न रहेका छन् । त्यस्तै यस परियोजनामा स्टोनी ब्रुक युनिभर्सिटी र निक साइमन इन्स्टिच्युट नेपालको सपोर्ट रहेको छ ।

कसरी काम गर्छ यसले ?

सामुदायिक स्वास्थ्यकर्मीको अनुरोधमा ड्रोन केन्द्रीय अस्पतालबाट उडेर खकार संकलन गर्न दुर्गम क्षेत्रमा जाने गर्छ र उक्त नमुना जाँचको लागि केन्द्रीय अस्पतालमा ल्याउँछ ।

यदि नमुना जाँच गर्दा नतिजा सकारात्मक आएमा उपचारको लागि बिरामीलाई डाइरेक्ट अजरभेसन ट्रिट्मेन्ट सिस्टम (डट्स) विधी प्रयोग गर्ने गरिन्छ ।