कीवर्डहरू -

 द भ्वाइस अफ नेपालको मुख्य प्रयोजक ओप्पो

 द भ्वाइस अफ नेपालको मुख्य प्रयोजक ओप्पो

स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’ को माध्यमबाट यूवाप्रतिभालाई प्रोत्साहनगर्ने सोचका साथहिमालया टीभी एचडीसंग सहकार्यको घोषणा गरेको छ ।

ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायनकला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदानगर्ने छ ।

नेपाली कला उद्योगकै लागि एक कोशे ढुङगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै ब्यवसायिक गायन क्षेत्रमा आफ्नो नाम समेत लेखाइ सकेका छन् ।

‘ब्राण्डका रुपमा ओपोले सँधै यूवामाथि आफ्नो ध्यान केन्द्रित गर्दै तिनलाई सृजनात्मक रुपमा आफुमा निहित प्रतिभाको प्रस्तुति दिन प्रेरित गरिरहन्छ । कला, रचनात्मक अभिब्यक्ति र मनोरञ्जन उद्योग यूवा पुस्ताको रुचिको विषय हो । तिनको रुचिसंग मेल खाएको लोकप्रिय कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’ को अभिन्नअंगका रुपमा सहकार्य गर्न पाउनु हाम्रा लागि खुशीको विषय हो’, ओपो नेपालकाब्राण्ड निर्देशक, पियरसन शेनले भने ।

‘ओपो द भ्वाइस अफ नेपाल’ले यूवा प्रतिभामा निहित गायनकलालाई लाखौँ करोडौँ पारखी तथा दर्शकहरु माझ प्रस्तुतगर्न उल्लेख्य मात्रामा सघाउने विश्वास गरिएको छ । साथै, यो कार्यक्रमले कला उद्योगलाई नयाँप्रतिभाको अवलोकन तथा छनौटको अवसर समेत प्रदान गर्ने छ ।

देशभर छरिएर बसेका यूवाप्रतिभालाई आफ्नो कला प्रस्तुतगर्न तथा निखार्न यो प्ल्याटफर्मले उल्लेख्य मात्रामा सहयोग गरेको र गरिरहने आयोजकको भनाई छ । साथै, मनोरञ्जन उद्योगमा आफ्नो स्थान सुनिश्चित पार्न समेत सघाव मिल्नेमा दूई मत नरहेको आयोजकले बताएको छ ।

‘कार्यक्रम प्रति क्षमतावान प्रतिस्पर्धी तथा दर्शकहरुको उत्साहले हामीलाई थप हौसला प्रदान गरेको छ । यूवा पुस्ताका ईच्छा र तिनको मागलाई निरन्तर सम्बोधन गर्ने ब्राण्डका रुपमा परिचित ओपोलाई यूवाहरुका प्रतिभा प्रोत्साहन लक्षित ‘द भ्वाइस अफ नेपाल’मा प्रमुख प्रायोजकका रुपमा पाउँदा हामी थप उत्साहित छौँ’ हिमालया टीभी एचडीका अध्यक्ष,धर्मराज भुसालले भने ।

‘नेपाली यूवामा रहेको उत्कृष्टता प्रस्फुटनका लागि ओपोको भुमिका र योगदान वास्तवमै सराहनिय छ । यो सहकार्यले भ्वाइस अफ नेपालको यात्रालाई थप रोमाञ्चक बनाउनेमा हामी आशावादी छौँ । ओपो र द भ्वाइस अफ नेपालको यो सहकार्यले रियालिटी टीभी शो भन्दा माथि उठ्दै यूवा कलाकारहरुलाई भविष्यका लागि मार्ग कोर्ने तथा मार्ग प्रशस्त बनाउने कार्यमा समेत उल्लेख्य योगदान पुग्नेमा हामी विस्वश्त छौँ’ उनले भने ।