कीवर्डहरू -

अब जुमका निःशूल्क प्रयोगकर्तालाई पनि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने 

अब जुमका निःशूल्क प्रयोगकर्तालाई पनि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने 

जूमका निःशूल्क प्रयोगकर्तालाई पनि अब इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने भएको छ । यो प्रयोगकर्तालाई अर्को हप्तादेखि उपलब्ध हुन सुरु गर्नेछ ।

यो फिचर सबैले प्राप्त गर्ने भएता पनि अब यसलाई सबैले म्यानुअल्ली अन गर्नुपर्ने हुन्छ । यसअघि यो फिचर पेड ग्राहकका लागि मात्रै उपलब्ऊ थियो ।

यो फिचर होस्ट वा एडमिनले अन गर्नुपर्ने हुन्छ । मिटिङ स्क्रीनको माथि पट्टी हरियो रङ्गको शिल्ड देखिन्छ । त्यो मिटिङ इण्ड टू इण्ड इनक्रिपटेड हुन्छ ।

जूममा यत्तिकै १ हजार व्यक्ति सम्म राखेर मिटिङ गर्न मिल्छ भने इण्ड टू इण्ड इनक्रिप्सन अन गरेपछि चाहिँ २०० जना मात्रै राखेर मिटिङ गर्न सकिन्छ ।

यो फिचर ३० दिनको लागी बेटा फेजमा उपलब्ध हुन्छ । यसले गर्दा कम्पनीलाई प्रतिक्रिया पनि लिन सजिलो हुने बताइएको छ ।