कीवर्डहरू -

फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने व्यक्ति पक्राउ

फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने व्यक्ति पक्राउ

सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाएको अभियोगमा एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्यूठान झिन्द्रुक गाउँपालिका-७ घर भइ हाल नवलपरासी कावासोती नगरपालिका-१६ बस्ने १९ बर्षीय नविन बस्नेत रहेका छन् ।

उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याउदै गरेको साइबर व्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए ।

बस्नेतले उक्त ग्रुपमा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक साम्रगी पोष्ट गर्ने, महिलाई अपमान गरि हैरानी दिने तथा प्रतिक्रिया जनाउने लगायतका कार्य भईरहेको भन्ने विभिन्न माध्यमबाट प्राप्त सूचना तथा निवेदनको आधारमा पक्राउ गारिएको प्रवक्ता अर्यालले बताए ।

उनलाई काठमाडौं ल्याएर थप आवश्यक अनुसन्धान गर्ने तयारी भईरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।