कीवर्डहरू -

कनेक्ट आइपीएसको डिजिटल दक्षिणा योजना, हरेक दिन १० विजेतालाई १ हजारको गिफ्ट

कनेक्ट आइपीएसको डिजिटल दक्षिणा योजना, हरेक दिन १० विजेतालाई १ हजारको गिफ्ट

दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘मनाऔँ दशैँ १५ दिनै कनेक्ट आइपिएस सँगै’ योजना ल्याएको छ ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आइपिएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाइ हरेक दिन १० भाग्यशाली विजेताहरुले १ हजारको गिफ्ट भौचर प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आइपिएसमा रजिष्टर गरेका बैंकका ग्राहकहरुले कनेक्ट आईपिएसको वेबसाइट वा यसको मोबाईल एपमा रहेको ट्रान्सफर डिजिटल दक्षिणामा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् ।

यसरी दक्षिणा पठाउने ग्राहकहरु मध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने कम्पनीले बताएको छ ।

बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिन्क गरी बैंकबाट वा अनलाइनबाटै सेल्फ भेरिफाइ गराई सेवा सुचारु गर्न सक्नेछन् ।