कीवर्डहरू -

के तपाई स्मार्टफोन किन्दै हुनुहुन्छ ?  यि कुरामा ध्यान दिनुहोस्         

के तपाई स्मार्टफोन किन्दै हुनुहुन्छ  ?  यि कुरामा ध्यान दिनुहोस्         

अहिले स्मार्टफोनको बजार आकाशिएको छ । हरेक महिना दर्जनौ नया मोडलका स्मार्टफोनहरु आइरहेका छन । मानिसहरु पनि आफ्ना आवश्यक्तासगै नया विशेषताका उत्कृष्ट फोनहरु बोक्न लालगित भएका देखिन्छन । दशै तिहारको मौसममा त स्मार्टफोनको बिक्री धेरै हुन्छ । कहिलेकहि अरुको लहैलहैमा लागेर वा नबुझेर पनि मोबाइल किन्दा ठगिन सक्नुहुन्छ । आफुलाइ चाहिने र रकमको जाहो हेरेर तपाइले आफै राम्रो मोवाइल छान्न सक्नुहुनेछ । हामिले केहि जानकारीमुलक सामग्री यहाँ प्रस्तुत गरेका छौ ।


फोन खरिद गर्दा जान्नै पर्ने मुख्य ३ कुराहरु

१. खरिद गर्न चाहेको फोनका विशेषताहरु थाहा पाउँनुहोस्
तपार्इँले चाहेको फोनका विशेषता र क्षमताका बारेमा जानकार हुँनुहुन्छ भने नचाहेका वा आवश्यक नपरेका विशेषताका लागि ठूलो रकम खरिद गरिरहनु पर्दैन । जस्तो सामसुङ ग्यालेक्सी नोट एजमा सबै कुरा छन्– घुमाउरो स्क्रिनका साथै यसको आफ्नै इन्टरफेस र न्याभिगेसन कन्ट्रोल रहेको छ ।  तर तपाईँ यसमा रहेको पेन वा नयाँ युआइ प्रयोग गर्नुहुन्न भने यो मंहगो फोनमा धेरै खर्च गनुहँदैछ ।


२. उपयुक्त डिजाइन रोज्नुहोस्
बाजारमा थरि–थरिका डिजाइनमा फोनहरु आएका छन् । तपार्इँ त्यस्तो डिजाइन छान्नुस् जुन तपार्इँको व्याक्तिगत स्टाइललाई समेत सुहाउँदिलो होस् । फोनमात्र त्यस्तो साधन हो जुन हामीले जहाँ जाँदा पनि आफूसँगै बोकेर लाने गर्दछौँ । य ेसँग तपाईँले आफ्ना महत्वपूर्ण क्षणहरु विताउँनुहुने भएकाले डिजाइनमा पनि विशेष ध्यान दिनुस् ।


३. धेरै सस्तोको पछि नलाग्नुस्
धरै सस्तो फानको पछि नलाग्नुस् । आफूले किन्न सक्ने फोन लिएको राम्रो । किनीसकेपछि केही लामो समयसम्म टिक्ने फोन किन्दा नै बेस हुन्छ । संभव भएसम्म फोनको अर्को अपग्रेड नआउन्जेल काम गर्ने गुणस्तरिय क्यामेरा र प्रोसेसर भएको लिनुपर्छ । त्यसैगरी ब्याट्रीको क्षमता पनि हेनुहोस् ।
उच्च क्षमताका फोनहरु जस्तो आइफोन सिक्स वा सामसुङ एस फाइभ किन्ने सोचमा हुँदा सुरुमा महंगो लागे पनि यिनीहरु तपार्इँले लामो समय साथमा राख्न सक्नुहुनेछ । समयसँगै यिनमा लगानी गरेको प्रतिफल पनि अवश्य दिने गर्दछन् र वषैँसम्म राम्रोसँग चल्दछन् ।

सेलफोनका प्रकारहरु
स्मार्टफान
आजका दिनहरुमा फोनहरुमध्ये स्मार्टफोन सबैभन्दा बढी चर्चा, चासो र रोजाईको विषय बनेको छ । यस्ता फोनहरुमा सबैभन्दा शक्तिशाली क्षमता र उच्च स्तरका कम्पोनेन्टहरु राखिएका हुन्छन् । द्रुत गतिको प्रोसेसर, वाइफाइ, तस्विरमा उच्च रेजुलेसन, ठूलो मेमोरी क्षमता र उच्च पिक्सल भएका स्क्रिनहरु स्मार्टफोनका विशेषताहरु हुन् । यिनीहरुमा आफ्नै अपरेटिङ सिस्टम जस्तो आइओएस वा एन्ड्रोइड हुनेगर्दछ । यस्तैमा विन्डोज फोन र ब्लाकबेरी ओएस पनि अपरेटिङ सिस्टमको रुपमा आएका छन् । यस्ता उच्च क्षमता र फरक विशेषताका कारणले स्मार्टफोनहरु धेरै महंगा हुने गरेका छन् ।


म्यासेजिङ वा फिचर फोन
स्मार्टफोनभन्दा एक कदम पछाडि रहेका फिचर फोनहरुले पनि स्मार्टफोनमा पाइने धेरै कुराहरु अटाएको छन् । स्मार्टफोनमा हुँने लोकप्रिय अपरेटिङ सिस्टमहरु नभएपनि उत्पादक कम्पनी विशेषका सफ्टवेरहरु रहेका हुन्छन् । सामसुङ, एलजी लगायतका उत्पादक कम्पनीहरुले फिचर फोनहरु उत्पादन गर्दै आएका छन् । धैरै जसो फिचर फोनहरु मुख्यतयः टेक्स्ट म्यासेजिङ र इ–मेलका लागि प्रयोग गरिन्छन् । स्मार्टफोनको तुलनामा सस्तो र धैरै कम मात्रामा रहेका छन् ।


आधारभूत फोन
साधारणतया अधारमूत फोनहरु केवल फोन गर्न र उठाउँन प्रयोग गरिन्छ । स्मार्टफोन वा फिचर फोनभन्दा आकारमा धेरै साना आधारभूत फोनहरु धेरै सस्ता पनि रहेका छन् । यिनमा चलाउँन सजिला र परम्परागत किप्याड भएका हुन्छन् ।


विचार गर्नै पर्ने मुख्य कुराहरु
स्क्रिनको आकार


ठूलो स्क्रिन (५ इन्च वा सो भन्दा बढी)
स्मार्टफोनहरुको साइज बढिराखेको छ । एक समय ५ इन्चको स्क्रिन धेरै ठूलो ठानिन्थ्यो तर अब यो साइज ठूला फोनको सूचिमा न्यूनतम बनेको छ । ५.५ इन्चको आइफोन सिक्स प्लस पनि साइजकै कारण फ्याब्लेटको दुनियाँमा छिरेको छ । धेरै ठूलो साइजमा पनि मानिसहरुले ६ इन्च साइजका गुगल नेक्सस सिक्स र नोकिया लुमिया १५२० लाई बढी रुचाएका छन् । ग्यालेक्सी नोट सेरिज र आइफोन सिक्स पनि यहि रेन्जका चर्चित स्मार्टफोन हुन । एक हातले यस्ता फोन चलाउँन भने मुस्किल पर्छ ।


मध्यम स्क्रिन (४.५–४.९ इन्च)
यो वर्गका फोनहरु बोक्नलाई अझ सहज र मध्यम स्तरका पनि रहेका छन् । ४.५ इस्क्रिन साइज भएको एचटिसी मिनी टु, ग्यालेक्सी एस ५ एउटा उदाहरुण हो । यस्ता फोनहरुको राम्रो पक्ष भनेको एउटै हात ले चलाउन सक्नु हो । हातका औँलाहरु सहजै डिस्प्लेका सबै कुनामा प¥याउँन सकिन्छ ।


सानो स्क्रिन (४.५ इन्चभन्दा कम)
स्मार्टफोनहरुको दुनियाँमा साना तथा छरिता फोनहरुले ठूलो हिस्सा ओगटेका छन् । यस्ता फोनहरु बोक्न तथा प्रयोग गर्न निकै सहज हुने गर्छन् । तर  साना इस्क्रिन भएका फोनहरु निम्न स्क्रिन रेजुलेसन र साधारणतया स्मार्टफोनहरुमध्येमा साधारण र मध्यम क्षमताका रहेका छन् ।


प्रोसेसर
कुनै पनि फोनको मुटु वा ज्यान भनेकै यसको प्रोसेसर अथवा सिपियु हो । यसले फोनका विभिन्न कार्यहरुका निम्ति कम्प्युटिङ क्षमता प्रदान गर्दछ । कुनै पनि एप्लिकेसन खोल्न वा चलाउँन प्रोसेसरकै भूमिका रहने गर्दछ । द्रुत गतिको प्रोसेसरले फोनको सम्पूर्ण कार्यक्षमतामा प्रभाव पार्दछ । प्रोसेसरको गति गिगाहर्जमा मापन गरिन्छ । अजकाल प्रोसेसरमा कति ओटा कोरहरुको प्रयोग भएको छ भन्ने कुराले ठूलो महत्व राख्दछ । प्रोसेसरमा जति बढी गति र कोर छन् उति नै प्रोसेसर राम्रो मानिन्छ ।

क्यामेरा
क्यामेराको गुणस्तर यसमा प्रयोग भएका तत्वहरुले निर्धारण गर्दछ । धेरै मेगापिक्सको क्यामेराले राम्रो फोटो खिच्छ भन्ने बुझाइ गलत हो । ८ मेगापिक्सलको राम्रो क्यामेराले एउटा १३ मेगापिक्सलको क्यामेराले भन्दा धेरै राम्रो फोटो खिच्दछ । लेन्सको गुणस्तर र यसमा प्रयोग भएको सेन्सर अरु महत्वपूर्ण पाटा हुन् । फोटो वा भिडियोको गुणस्तर निर्धाण गर्ने सबैभन्दा महत्व पिक्सल डेन्सिटी (एएष्) को रहेको छ ।  एप्पलका क्यामेराहरु ८ मेगापिक्सल नै भए पनि हरेक वर्ष एप्पलका क्यामेराहरु अझ परिष्कृत र क्षमतावन हुदै आएका छन् ।


ब्याट्री
तपाईँको फोनको ब्याट्री कम क्षमताको छ भने संसारका कुनै अन्य फिचरहरुले सहयोग गर्न सक्दैनन् । ब्याट्रीको यही महत्वलाई मनन गरेर उत्पादक कम्पनीहरुले ठूला क्षमताका ब्याट्रीहरु आफ्ना फोनमा प्रयोग गर्न थालेका छन् । खास फोनहरुले १७०० एकएएच देखि ३५०० एमएएच सम्मका  ब्याट्रीहरु प्रयोग गदैै आएका छन् ।