कीवर्डहरू -

ल्याप्टप फ्रिज भयो भने के गर्ने ?

ल्याप्टप फ्रिज भयो भने के गर्ने ?

अहिले महामारीको समयमा हामी सबै आफ्नो डिभाइसहरुमा एकदमै भर पर्नु परिरहेको छ । त्यस मध्ये एकदमै बढि प्रयोगमा ल्याप्टप पनि हुने गर्दछ ।

यसले गर्दा बेला बेलामा ल्याप्टप फ्रिज पनि हुने समस्या पनि आउछ । आज हामी तपाईलाई ल्याप्टप फ्रिज हुनबाट बचाउनका लागि केही उपायहरुको बारेमा जानकारी दिदैछौं ।

केही समय दिने

कहिलेकाँही डिभाइस हयाङ्ग हुदैमा धेरै आत्तिनु पर्दैन् । यो सामान्य नै हो । ल्याप्टपले धेरै लोड व्योहार्नु परेर यस्तो भएको हुन सक्छ ।

थोरै बेर यत्तिकै छोडिदियो भने फेरि ल्याप्टप राम्ररी नै चल्न सक्दछ । कहिले काहीँ माउस डिस्कनेकट या चार्ज सकिदा पनि स्क्रीन फ्रिज भएको जस्तो लाग्न सक्दछ ।

हयाङ्ग गराउने प्रोग्रामहरुलाई बन्द गर्ने

विन्डोज त्यसपछि पनि चलेन भने टास्क म्यानेजर विकल्पमा गएर रनिङ् प्रोग्रामहरुलाई बन्द गर्नुपर्छ ।  टास्क म्यानेजर खोलनका लागी भने कन्ट्रोल प्लस अल्ट प्लस डिलिट थिच्नुपर्छ ।

चलिरहेको प्रोग्रामलाई सेलेक्ट गरेर इण्ड टास्क बटनमा थिच्नुपर्छ । कहिलेकाँही हार्डवयेरलाई नै अपग्रेड गर्नुपर्ने पनि हुन सक्छ ।

रिबुट गरेर फेरि प्रयास गर्ने

कन्ट्रोल प्लस अल्ट प्लस डिलिटले काम गरेन भने पावर बटनलाई धेरै बेर सम्म थिचेर कम्प्यूटरलाई अफ गर्ने । अफभएपछि फेरी अलि बेर सम्म पावर बटनलाई थिचेर अन गर्नुपर्छ । यस्तो गरेपछि धेरैजसो अन हुने गर्दछ ।

कुनै नयाँ ड्राइभरलाई रिइन्स्टल गर्ने

तपाईले कुनै नयाँ हार्डवयेर इन्स्टल गरेमा त्यसको ड्राइभरलाई  भने अनइन्स्टल गर्ने प्रयत्न गर्नुपर्दछ । डीडीयू भन्ने एपले धेरैजसो समय ड्राइभरले केही समस्या खडा गरेको छ भने ठिक गरिदिन्छ ।

म्यालवयेर स्क्यान गर्ने

ल्याप्टपमा समस्या आइपरेमा म्यालवेयर स्क्यान गर्नु पनि राम्रो कुरा हुनेछ । यसको लागी म्यालवेयरबाइट जस्तो फ्रि स्क्यानर सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ । म्यालवयेर भएको पाइएमा त्यसलाई कसरी हटाउने भनेर प्रयत्न गर्नुपर्छ ।

आफूले गर्न सकिएन भने विज्ञको सहयोग लिने

हार्डवेयरको समस्याले गर्दा आफै ठिक नहुन सक्छ । त्यही कारणले विज्ञको सहयोग लिनुपर्ने पनि हुन सक्दछ । राम्रो रिपेयर पसलमा लगेर देखाउनुपर्ने पनि हुन सक्छ ।