कीवर्डहरू -

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकको डेबिट, क्रेडिट कार्डबाहक, मोबाइल बैकिङ प्रयोगकर्ता तथा इन्टरनेट बैकिङ प्रयोगकर्ताले पोस, क्यूआर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डट कममा १ हजार रुपैयाँ  भन्दा माथिको कारोबार गर्दा २५ प्रतिशत सम्म वा २५ सय रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

यो योजना कात्तिक ६ गतेसम्म लागू हुनेछ । वडा दशैलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरुले  सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।