कीवर्डहरू -

राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट, बैंकका सबै शाखामा पीओएस

राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट, बैंकका सबै शाखामा पीओएस

राष्ट्रिय वाणिज्य बैंकले दशै तथा तिहार लगायतका पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमा प्वाइन्ट अफ सेल (पिओएस) को माध्यमबाट भुक्तानी सेवा शुरु गरेको छ ।

विद्युतीय माध्यमबाट हुने भुक्तानीलाई प्रभावकारी बनाउने उदेश्यले बाणिज्य बैंकले यो सेवा शुरू गरेको हो ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै पिओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंयासम्म क्यासब्याक पाइने छ ।

कोरोना माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।