कीवर्डहरू -

आई पे रेमिटमार्फत् विदेशबाट पैसा पठाउँदा बाइक जित्ने मौका

आई पे रेमिटमार्फत् विदेशबाट पैसा पठाउँदा बाइक जित्ने मौका

आई पे रेमिटले नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आई पे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत आई पे रेमिटबाट मलेसिया लगायत विश्वका विभिन्न देशबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्नेछन् । यस योजनाको अवधि कार्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म रहेको छ ।

उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा ७ जनाले प्रेसर कुकर उपहार जित्न सक्नेछन् । साथै साप्ताहिक रुपमा हरेक हप्ता १ जना भाग्यशाली विजताले टिभी जित्न सक्नेछन् भने १ जना भाग्यशाली विजेताले बम्परमा बाइक जित्न सक्नेछन् ।

सम्पूर्ण उपहारको विजेता घोषणा लक्की ड्र मार्फत गरिनेछ । जसको जानकारी आई पे रेमिटको आधिकारिक फेसबुक पेजमार्फत पनि दिइने छ ।