कीवर्डहरू -

एनएमबी बैंकका ग्राहकले सामसङको मोबाइल किन्दा विशेष छुट पाउने

एनएमबी बैंकका ग्राहकले सामसङको मोबाइल किन्दा विशेष छुट पाउने

एनएमबि बैंक र आइएमएस बीच सम्झौता भएको छ । यससँगै एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट प्राप्त गर्ने छन् ।

उक्त सम्झौता पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख रिटेल बैंकिङ्ग रोशन रेग्मी र आइएमएसका प्रबन्धक सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरेका हुन् ।

यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस भन्ने उद्देश्यका साथ आइएमएसले यो अभियान सुरु गरेको हो ।

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफरअन्तर्गत ग्राहकले सामसङ मोबाइलको प्रत्येक खरीदमा १० प्रतिशत छुट वा १ हजार रुपैयाँ सम्म नगद फिर्ता पाउन सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।