कीवर्डहरू -

ईटहरी प्रहरीले हराएका तथा चोरि भएका ३८ थान मोबाइल सम्बन्धित धनिलाई बुझायो

ईटहरी प्रहरीले  हराएका तथा चोरि भएका ३८ थान मोबाइल सम्बन्धित धनिलाई बुझायो

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।

विभिन्न स्थानहरुबाट मोबाइल हराएको तथा चोरी भएको भन्ने विभिन्न व्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा गत महिना देखी हाल सम्म करिब १८ लाख  ५५ हजार ८ सय मुल्य बराबरका ३८ थान मोवायलल सेट फेला पारी सोमबार सम्बन्धीत धनीहरुलाई बुझाएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका करिब ३ सय ३४ थान मोबाईल सेटहरु  फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको उक्त कार्यालयले  जनाएको छ ।