कीवर्डहरू -

मोबाइल तथा सामाजिक सञ्जालमा फैलिएको कर्फ्यू लाग्ने सूचना गलतः गृह मन्त्रालय

मोबाइल तथा सामाजिक सञ्जालमा फैलिएको कर्फ्यू लाग्ने सूचना गलतः गृह मन्त्रालय

गृह मन्त्रालयले मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा फैलिएको कर्फ्यु लाग्ने भन्ने मेसेज गलत भएको बताएको छ ।

मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दैं सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित गरेको पाइएकाले यसमा ध्यानाकर्षन भएको जनाएको छ ।

\"\"

मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको बताएका छन् । मन्त्रालयले यस घटनालाई गम्भिरतापूर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ ।

हेर्नुहोस् विज्ञप्ती

\"\"