कीवर्डहरू -

मोरङबाट आइपिएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ

मोरङबाट आइपिएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ

युएईमा जारी इन्डियन प्रिमयर लिग (आइपिएल) क्रिकेट खेलमा सट्टेबाजी खेलाउने ३ जना मोरङबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर नगरपालिका-१६ बस्ने ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर-१५ का २८ बर्षीय अपजर अली रहेका छन ।

पक्राउ परेका तिनै जनाले आइपीएल क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाईल र १ थान को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनिहरुले अनलाइनबाट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।