कीवर्डहरू -

नास्टले बनायो मास्क र सेनिटाइजर दिने रोबोट

नास्टले बनायो मास्क र सेनिटाइजर दिने रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यान्त्रिका रोबोट बनाएको छ । कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दैं नास्टले यो रोबोटको विकास गरेको हो ।

यस रोबोटको नाम ‘यान्त्रिका कोरोना कम्प्याक’ दिइएको छ । नास्टले यान्त्रिका रोबोट सोमबार सार्वजनिक गरेको हो । यो रोबोट कुनैपनि कार्यालयका लागि उपयोगी हुने नाष्टले बताएको छ ।

रोबोटले कार्यालय पस्दा वा निस्कदा हात जोडेर अभिवादन गर्नेछ । साथै मास्क लगाएको छ वा छैन् भनेर पनि रोबोटले छुट्याउँछ । यदि मास्क लगाएको छैन् भने रोबोटलेनै मास्क दिने गर्छ ।

त्यस्तै रोबोटले सेनिटाइजर दिने काम समेत गर्छ । रोबोटमा डिस्प्ले पनि जडान गरिएको छ । जसमा नेपाली तथा अङग्रेजी भाषामा नास्टको बारेमा जानकारी राखिएको छ ।  यसले डिस्प्लेमा राखिएको जानकारी बोलेर समेत दिने गर्छ ।