कीवर्डहरू -

वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडे

वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडे

वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडेका छन् । यसको जानकारी उनले वानप्लसको आधिकारिक प्लग पोष्ट मार्फत दिएका छन् ।

उनी सात वर्ष देखि वानप्लसमा कार्यरत थिए । कार्ल पेईले के कारणले कम्पनी छाडनु परेको हो त्यो भने जानकारी भने दिएका छैन्‌न ।

तर उनले नयाँ उद्यम सुरु गर्न लागेको अनुमान लगाइएको छ । उनले ब्लगपोष्ट मार्फत सात वर्षसम्म वानप्लसलाई मात्रै प्राथमिकता दिएको र अब केही समय खालि राखेर आफ्नो परिवार र मित्रजनसँग समय बिताउन चाहेको बताएका थिए ।

केही समय लिएर अब के गर्ने भनेर सोच्ने उनको विचार रहेको छ । उनले आफू सँगकै सहसंस्थापक पीट लाऊलाई पनि धन्यवाद ज्ञापन गर्दै लाऊले प्रदान गरेको साथ र हौसला प्रति आभार प्रकट गरेका थिए ।

पेईले २४ वर्षको उमेरमा वानप्लस सुरु गरेका थिए । वानप्लसको सफलतामा उनको अह्म भूमिका रहेको थियो  ।