कीवर्डहरू -

साइबर एलायन्स फर म्युचुअल प्रोग्रेसको सदस्यमा नेपालको सीएसआरआई

साइबर एलायन्स फर म्युचुअल प्रोग्रेसको सदस्यमा नेपालको सीएसआरआई

साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस ( क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई) नेपालको तर्फबाट सदस्यमा निर्वाचित भएको छ ।

क्याम्पको मुख्यालय सोल, दक्षिण कोरियामा सेप्टेम्बर १४ देखि २० सम्म आयोजना भएको साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस ( क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सिएसराआई सदस्यमा निर्वाचित भएको हो।

साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस ( क्याम्प) ले आफ्नो अक्टोबर २०२० को आधिकारिक क्याम्प न्यूजलेटर नं. १९ सार्वजनिक गर्दै सिएसराआई सदस्यमा निर्वाचित भएको जानकारी दिएको हो ।

सो आधिकारिक क्याम्प न्यूजलेटरमा उल्लेख भए अनुसार सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाललाई नयाँ सदस्यमा स्वागत गरिएको छ ।

यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग मात्र सदस्य रहेका थिए ।

साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस ( क्याम्प)को सदस्यमा हाल ४६ वटा देशहरुको ६१ वटा सरकारी, सार्वजनिक निकाय तथा मूनाफा रहित संगठित संस्थाहरु सदस्य रहेका छन् ।

उक्त पाँचौँ वार्षिक बैठकमा सिएसराआईका उपाध्यक्ष मिलन राज नेपालीले अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सदस्य प्राप्तका लागि सिएसरआरआईको तर्फबाट नेतृत्व गरेका थियो । साथै सिएसआरआईका महासचिव ई. शालीग्राम पराजुलीले समेत विशेष प्रतिनिधित्व गरेका थिए ।