कीवर्डहरू -

रिचार्जरको दसैं अफर, विद्युतीय सामान खरिदमा ३० प्रतिशतसम्म छुट

रिचार्जरको दसैं अफर, विद्युतीय सामान खरिदमा ३० प्रतिशतसम्म छुट

मोबाइल एप रिचार्जरले बडा दशैंलाई लक्षित गर्दै दशैं बोनान्जा ‘अफर भित्र अफर’ सुरु गरेको छ । प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले छुट सहतिको नयाँ अफर सुरु गरेको हो ।

दशैंको किनमेल गर्नेहरुलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउन रिचार्जरले कात्तिक १ गतेदेखि यो अफर सुरु गरिसकेको छ ।

यस अफर अन्तर्गत रिचार्जरबाट विद्युतीय सामान अर्डर गर्दा ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउने छन् । त्यसैगरी विभिन्न किसिमका मोबाइलको खरिदमा आकर्षक छुटसँगै किस्ताबन्दीको सुविधा समेत पाउने छन् ।

रिचार्जरबाट १२ बोत्तल वियर अर्डर गर्दा १ बोत्तल वियर निःशुल्क उपलब्ध हुनेछ । रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समान पनि भारी छुटमा उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।

काठमाडौं भ्याली कोल्डस्टोरसँगको सहकार्यमा रिचार्जरले सुपथ मूल्यमा फ्रोजन फूड पनि उपलब्ध गराउने छ । कतिपय सामाग्रीको खरिदमा ‘बाई वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ ।

यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने छ । अफरमा अर्डर गरिएका सामग्री उपत्यकामा २४ घण्टा भित्र डेलिभरी हुनेछ ।

रिचार्जरले ८ घण्टासम्म हात निर्मुलीकरण गराउने स्यानीटाइरको बुकिङ समेत सुरु गरेको छ । उक्त स्यानिटाइजर एक पटक प्रयोग गरे पछि ८ घण्टासम्म हात किटाणुमुक्त हुने भएकाले पटक पटक स्यानिटाइजर प्रयोग गर्नु नपर्ने बताइएको छ ।

रिचार्जरले किटाणु नाश गर्ने बायोटेक मास्क बिक्री बितरण गरिरहेको छ । उक्त मास्कमा प्रयोग भएको डिस्इन्फेक्सन रसायनले मास्कमा नै संक्रमण फैलाउन सक्ने सम्भावित किटाणुको नास गर्नेछ ।

यसका साथै कोरोना संक्रमण नियन्त्रणका लागि रिचार्जरले सुपथ मूल्यमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायत उपलब्ध गराउँदै आएको छ ।

यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा पनि क्यास प्वाइन्ट पाइन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।