कीवर्डहरू -

पाकिस्तानले हटायो टिकटक माथिको प्रतिबन्ध

पाकिस्तानले हटायो टिकटक माथिको प्रतिबन्ध

पाकिस्तानले टिकटक माथि लगाएको प्रतिबन्ध हटाएको छ ।  पाकिस्तानमा टिकटक माथि प्रतिबन्ध ११ दिनपछि फुकुवा गरिएको हो ।

अश्लिलता फैलाउने भिडियोहरु रहेको भन्दै पाकिस्तानले टिकटकलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटेपनि पाकिस्तानको दूरसञ्चार प्राधिकरणले टिकटकलाई कन्टेन्टमा ध्यान दिइरहन चेतावनी दिएको छ ।

टिकटकको वरिष्ठ व्यवस्थापन टोलि सँग छलफल गरेपछि प्रतिबन्ध हटाउने निर्णय गरिएको हो । पाकिस्तानमा टिकटकको २० मिलियन मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।

टिकटकको वरिष्ठ व्यवस्थापन टोलिले पाकिस्तानको सामाजिक विश्वासहरुलाई मध्यनजर गर्दै कन्टेन्टहरु ल्याउने आस्वासन दिएको छ । एजेन्सीको सहयोगमा