कीवर्डहरू -

साओमीले ल्यायो १९ मिनेटमै ४ हजार एमएएचको ब्याट्री फुल चार्ज हुने प्रविधि

साओमीले ल्यायो १९ मिनेटमै ४ हजार एमएएचको ब्याट्री फुल चार्ज हुने प्रविधि

साओमीले ८० वाटको वायेरलेस चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । साओमीको यो वायरलेस चार्जिङ प्रविधिलई विश्वकै फास्ट चार्जिङ प्रविधि मानिएको छ ।

यो प्रविधिले ४ हजार एमएएचको ब्याट्री १९ मिनेटमै फुल चार्ज गर्ने कम्पनीको दाबी रहेको छ । भने ४ हजार एमएएचको ब्याट्रीलाई ८ मिनेटमै शून्य देखि ५० प्रतिशतसम्म चार्ज गर्नेछ ।

कम्पनीले यो फास्ट चार्जिङ प्रविधिको एउटा भिडियो पनि सार्वजनिक गरेको छ । जसमा परिमार्जित एमआई टेन प्रोमा यो प्रविधिको प्रयोग भएको देखाएको छ ।

केही समय अगाडी साओमी १०० वाटको फास्ट चार्जिङ प्रविधिमा काम गरिरहेको खबर बाहिर आएको थियो । यसअघि साओमीले मार्चमा ४० वाटको फास्ट चार्जिङ प्रविधि ल्याएको थियो ।