कीवर्डहरू -

वेस्टर्न युनियनको ‘दशैंको सौगात’ योजना, भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्ने

वेस्टर्न युनियनको ‘दशैंको सौगात’ योजना, भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्ने

बडा दशैं, तिहार तथा छठको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘दशैंको सौगात’ प्रवर्द्धन योजना ल्याएको छ । यस योजनामा ग्राहकहरुले कार्तिक १ गते देखि मंसिर २७ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो योजनामा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सिजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजनाअन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू हुनेछ ।

यस बाहेक, प्रवर्द्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्रमा समावेश हुनेछ ।

यसमा १ जना भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्नेछन् । लक्की ड्रको विजेता १६ डिसेम्बरमा घोषित गरिने कम्पनीले जनाएको छ ।