कीवर्डहरू -

फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्ति पक्राउ

फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्ति पक्राउ

सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा माथागढी गाउँपालिका-१ बस्ने अभिषेक नेपाल रहेका छन् ।

नेपालले उक्त ग्रुपमा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक साम्रगी पोष्ट गर्ने, महिलाई अपमान गरि हैरानी दिने तथा प्रतिक्रिया जनाउने लगायतका कार्य भईरहेको भन्ने विभिन्न माध्यमबाट प्राप्त सूचना तथा निवेदनको आधारमा पक्राउ गारिएको साइबर व्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए ।

प्रवक्ता अर्यालका आनुसार नेपाललाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय पाल्पाको सहयोगमा निजकै घरबाट पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।