कीवर्डहरू -

कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह

कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह

कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने भएको छ । हालसम्म ३७ सय भन्दा बढी कर्मचारीहरुमा कोरोना संक्रमण भइसकेकाले यो वर्षको दशैंमा बैंक नखुल्ने भएको हो ।

नेपाल बैंकर एशोसिएसनले एक सूचना जारी गर्दैं कोरोना भाइरसबाट बच्न र जोखिम न्युनिकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न अनुरोध गरेको छ ।

कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका शाखाहरु बन्द भएपनि इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएम सेवा भने प्रयोग गर्न सकिने छ ।

यस्तो छ बैंकर एशोसिएसनको सूचना

\"\"