कीवर्डहरू -

हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा स्वीडेनले लगायो प्रतिबन्ध

हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा स्वीडेनले लगायो प्रतिबन्ध

स्वीडेनले आफ्नो फाइभजी नेटवर्कमा चीनको हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

स्वीडेनको नियामकले अर्को महिना हुने स्पेक्ट्रम अक्सन भन्दा अघि आफ्नो फाइभजी नेटवर्कमा चीनको हुवावे र जेटीईबाट टेलिकम उपकरणको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

अमेरिकाको दबाबमा आएर अहिले थुप्रै युरोपेली देशहरुले चीनी कम्पनीहरुको नेटवर्क बनाउनमा भूमिकाबारे गहन छलफल गरिरहेका छन् ।

अमेरिकाले चिनिया कम्पनीहरुको नेटवर्क वा एप प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा बाधा आउने बताइरहेको छ ।

स्वीडेनको सरकारले चीनलाई आफ्नो राष्ट्रका लागी सबैभन्दा ठूलो खतरा भएको ठहराएको छ । बेलायतले पनि सन् २०२७ सम्ममा हुवावेले आफ्नो सबै ५ जी नेटवर्क हटाउन आदेश दिएको छ ।

स्वीडेनको निर्णयमा भने अहिले सम्म हुवावे र जेडटीईले केही पनि भनेको छैन् । यो प्रतिबन्धले नोकियालाई फाइदा पुग्ने अनुमान लगाइएको छ । एजेन्सीको सहयोगमा