कीवर्डहरू -

२० लाख ई पासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई

२० लाख ई पासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई

राहदानी विभागले विद्युतीय राजधानी (ई पासपोर्ट) छपाइको जिम्मा फ्रान्सको कम्पनी आईडिइएमआईए आइडेन्टिटी एण्ड सेक्युरिटी (एसएएस) लाई दिने निर्णय गरेको छ ।

विभागले २० लाख थान ईपासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई दिने निर्णय गरेको हो । विभागले बुधबार लेटर अफ इन्टेन्ट जारी गरी एसएएसलाईलाई २ करोड ११ लाख डलरमा इ-पासपोर्ट छपाइएको जिम्मा दिइएको जानकारी दिएको हो।

राहदानी विभागले छुटसहित २ करोड ११ लाख डरलरमा २० लाख थान ईपासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गर्न लागेको हो । गत असोज ८ गते विभागले तेस्रो पटक बोलपत्र आह्वान गरेको थियो ।