कीवर्डहरू -

गलत सन्देश प्रवाह नगर्न नगराउन मोबाइल सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

गलत सन्देश प्रवाह नगर्न नगराउन मोबाइल सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देशहरु मोबाइल सेवाका ग्राहकहरुलाई सम्प्रेषण तथा प्रवाह भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

नियामक निकाय प्राधिकरणले एक सूचना जारी गर्दैं मोबाइल सेवाको नेटवर्क प्रयोग गरी गलत तथा भ्रामक एसएमएस मोबाइल सेवाका ग्राहकहरुलाई सम्प्रेषण भएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

प्राधिकरणले मोबाइल सेवाको नेटवर्क प्रयोग गरी गलत तथा भ्रामक सन्देशहरु (एसएमएस) मोबाइल सेवाका ग्राहकहरुलाई सम्प्रेषण तथा प्रवाह नगर्न नगराउन सबै मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ३ मा रहेको प्रावधान स्मरण गराउँदै कुनै व्यक्तिले दूरसञ्चार सेवाको दूरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा वा हानी नोक्सानी गरेमा बिगो असूल गरी बिगो बमोजिम जरिवाना समेत हुन सक्ने चेतावनी समेत दिएको छ ।

यसअघि नेपालमा कर्फ्यु घोषणा गरिएको भन्दै गलत सूचना प्रवाह भएको थियो । यस विषयमा गृह मन्त्रालयले अनुसन्धान अगाडी बढाइसकेको छ ।