कीवर्डहरू -

निशान म्यागनाइट एसयुभि अब नेपाली बजारमा

निशान म्यागनाइट एसयुभि अब नेपाली बजारमा

निशान मोटर्सको बहुप्रतिक्षित ‘बिग, बोल्ड, ब्युटिफुल’ बि–एसयुभि म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरुपमा सार्वजनिक भएको छ ।

निशान नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्वतयारी सुरु गरेको छ ।

यो ‘बिग, बोल्ड, ब्युटिफुल एसयुभिमा स्पोर्टी लुक्स सहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन् ।

निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो भने अर्को टर्बोचाज्ड इञ्जिन हुनेछ ।

निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टि.एफ.टि. ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् ।

विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएकोछ । नेपाली बजारमा भित्रिने यस एस.यु.भि.को मूल्यको आधारमा यो गाडी एकदम उचित र प्रिमियम रहेको छ ।