कीवर्डहरू -

कार्तिक ८ गतेदेखि क्लिनफिड लागु हुने, विज्ञापन बोर्ड पनि गठन

कार्तिक ८ गतेदेखि क्लिनफिड लागु हुने, विज्ञापन बोर्ड पनि गठन

कार्तिक ८ गतेदेखि नेपालमा क्लिनफिड (विज्ञापनरहित) लागु हुने भएको छ । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दैं सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कार्तिक ८ गतेदेखि क्लिनफिड लागु हुने जानकारी दिएका हुन् ।

विदेशी च्यानल विज्ञापन रहित प्रशारण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न मन्त्रालयले मन्त्रालयका सह सचिव डिल्लीराज शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड समेत गठन गरेको छ ।

विज्ञापन बोर्डले क्लिनफिड लागु भएको वा नभएको अनुगमन गर्नेछ । यसअघि मन्त्रालयले कार्तिक ७ गतेभित्र क्लिन फिड लागु नभएमा कानून अनुसार कारबाही गर्ने बताइ सकेको छ ।