कीवर्डहरू -

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिदिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिदिने

एनआईसी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबार गर्न आग्रह गर्दै डिजिटल दक्षिणा योजना ल्याएको छ ।

भौतिक दुरी कायम गरी सुरक्षित किसिमले विजया दशमी मनाउनु नै आजको आवश्यकता मानेर बैंकले डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रदान गर्दा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेछ ।

यो योजना बैंकमा आबद्ध ग्राहकहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम ५०० रुपैयाँ सम्म दक्षिणा प्राप्त गर्न सकिनेछ ।

उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ ।

यस योजनाअन्तर्गत मोबैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले मोबैंकको डिजिटल दक्षिणामा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउण्ट नम्बर, खातावालाको नाम तथा रिमार्कमा दक्षिणा विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

साथै बैंकले ल्याएको ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कार्तिक देखि मंसीर ५ गते सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।

यसै योजनाबाट सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडी बढाउन बैंकले ‘सेलिब्रेट फर कज’ योजना मार्फत यस बैंकको मोबाइल बैंकिङ्गबाट क्यूआर, यूटिलिटी तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट १ रुपैयाँका दरले समाजिक उत्तरदायित्वका लागि योगदान समेत गर्नेछ ।

बैंकका करिब १२ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले १ कार्तिक देखि कार्तिक १० गतेसम्म गर्नुहुने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिने बैंकले जनाएको छ ।