कीवर्डहरू -

जडिबुटी, पेप्सीकोला, काँडाघारी र बागडोलमा अब डिशहोम फाइबर नेटको सेवा

जडिबुटी, पेप्सीकोला, काँडाघारी र बागडोलमा अब डिशहोम फाइबर नेटको सेवा

डिशहोम फाइबर नेटको सेवा अब जडिबुटी, पेप्सीकोला, काँडाघारी र बागडोलमा उपलब्ध भएको छ । डिशहोमले फाइबर इन्टरनेटको सेवा आक्रामक रुपमा विस्तार गरिरहेको छ ।

डिशहोमले यसअघि फाइबर मार्फत भैसेपाटी, बुंगमति, छम्पी, चाबहिल, बानेश्वर, तिनकुने, बौद्ध, कपन र जोरपाटीमा पनि इन्टरनेट सेवा उपलब्ध गराइसकेको छ ।

गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेपछि पहिलो चरणमा गत फागुनबाट डिशहोमले भैसेपाटीमा इन्टरनेट सेवा दिन सुरु गरेको थियो ।

गाउँ गाउँमा फाइबर मार्फत इन्टरनेट सेवा दिन असहज हुने भएकाले कम्पनीले स्याटेलाइट मार्फत पनि इन्टरनेट सेवा प्रदान गर्ने योजना रहेको जनाएको छ । तर यसको लागि भने केही समय लाग्नेछ ।